बुधबार, फाल्गुन १३, २०८२

साढे दुई बर्षदेखी न्यायका लागि हारगुहार गरिरहेकि कंचन।।

Screenshot 20250622 011528 Facebook

 

दुई साताअघि नयारोड स्थानीय, प्रहरी, महिला संघ, रौनियार समाज र पत्रकारहरुको सहयोगमा २३ वर्षीया कञ्चन रौनियारले घर प्रवेश गरिन्।

जिल्ला अदालत सर्लाहीले घर प्रवेश गराउन आदेश दिएपछि नयारोड स्थानीय, प्रहरी, महिला संघ, रौनियार समाज र पत्रकारहरुको सहयोगमा उनलाई घर प्रवेश गराइएको हो।

उनी दुई सातादेखि हरिवन नगरपालिका-९ नयाँरोडस्थित श्रीमान रोहित गुप्ताको घरमा एक्लै बसिरहेकी छन्। उनका श्रीमान, ससुरा र नन्द फरार छन् भने सासू बुहारीसँग नबस्ने भनेर आफन्तको घरमा गएकी छन्।

‘मैले घरमा बस्नुभन्दा मान्नु भएन,’ कञ्चनले भनिन्, ‘परिवारका सदस्यसँग कुनै पनि कागजात नगरेकाले घरबाहिर आवतजावत गर्न डर लागिरहेको छ।’

उनी ढुक्कसँग भने घरमा बस्न सकेकी छैनन्। ज्यानै पो जाने हो कि! भन्ने डर कञ्चनलाई छ। यसरी जिउन थालेको तीन वर्ष भइसक्यो।

मोरङमा जन्मेकी उनको २० वर्षकै उमेरमा सर्लाही हरिवन नगरपालिका-९ नयाँरोडका मुन्ना भन्ने रोहित गुप्तासँग विवाह भएको थियो।

उनीहरूको विवाह २०७९ असार १० गते भएको थियो।

विवाहमा उनका बा-आमाले खर्च गर्न कुनै कसर छाडेनन्। ऋण गरेरै भए पनि धुमधामसँग कञ्चनको विवाह गरिदिएको उनी बताउँछिन्।

‘१५ लाख रूपैयाँ नगदसहित सुन, हिरा र सम्पूर्ण घरायसी सामान, ल।उहाहरुले दिमान्ड गरे अनुशारको ईन्गेजमेन्ट र बिहे माइती पक्षले सकिनसकि गराई दिएका थिए,’ कञ्चनले भनिन्।

विवाह गरेको एक दुई महिनासम्म कञ्चनलाई कसैले केही भनेनन्। त्यसपछि भने उनको दु:खको दिन सुरू भयो। दिनदिनै 50 लाख दाइजोको विषयलाई लिएर उनीमाथि कुटपिट हुन थाल्यो।

भर्खर विवाह भएकाले माइतीलाई पीर मान्छन् भनेर सहेर बसेको उनी बताउँछिन्।

‘कुटपिट र यातना दिनहुँ बढ्दै गयो, सुन्दर भविष्यको कल्पना गरेर भित्रिएको घर नर्कभन्दा पनि डरलाग्दो भयो,’ उनले पोखरिया खबरसँग भनिन्, ‘माइती पक्षसँग केही माग नगरेपछि श्रीमानलाई अर्को विवाह गर्न भनियो।’

श्रीमानले अर्को विवाह गर्ने भनेपछि उनले बा-आमालाई श्रीमान पक्षले आफूमाथि गरेको पीडा पोखिन्।

उनले आफ्नो कुरा राखेको केहीदिनमा बा-आमा कञ्चनको घर आइपुगे। उनीहरूले सम्धीसम्धीनी र ज्वाइँलाई छोरीमाथि कुटपिट नगर्न आग्रह गरे। तर उनीहरूले मानेनन्।

उनीमाथि हुने परिवारको दुर्व्यवहार र कुटपिट घटनाको चाङ बढ्दै गइरहेको थियो। यति सम्म भयो कि घरमा ग्यासको पाईप धरि काटि उनलाई मर्ने पटक पटक प्रयास गरियो। चार महिना अर्थात् २०७९ तिहार छैठी माताको पूजाको दिन भने कञ्चनलाई कुटेर घरबाट निकालिदिएको उनले सेतोपाटीलाई जानकारी दिइन्।

‘जाने ठाउँ कतै थिएन, माइतीको शरणमा पुगेँ,’ उनले भनिन्, ‘तीन महिनासम्म श्रीमान र उनका परिवारले कुनै सम्पर्क गर्नु भएन।’

बा-आमालाई यस्ता समस्याहरू समाधान गर्न कानुनी बाटो छन् भन्ने थाहा नै थिएन। उनलाई भने सामाजिक सञ्जाल र साथीहरूबाट सामान्य जानकारी थियो। त्यही अनुसार कानुनी बाटो अपनाउने उनले निर्णय गरिन्। तर यसमा बा-आमाले उनको साथ दिएनन्। त्यही पनि उनी एक्लै लागिपरिन्।

‘आफूमाथि जे भइरहेको छ। त्यो अपराध हो भन्ने थाहा थियो। त्यसैले चुप बस्न सकिनँ,’ उनले पोखरिया खबरसँग भनिन्, ‘पहिला घरबार बिग्रिन्छ भनेर नबोली बसेको थिएँ।’

तीन महिनासम्म पनि श्रीमान लिन नआएपछि मलंगवाको माइती नेपालसँग उनी सहयोग माग्न पुगिन्। तर त्यहाँबाट यस्ता केसमा आफूहरूले केही गर्न नसक्ने भन्दै फर्काइदिए । त्यही पनि उनले हार मानिनन्।

उनी पुन:सोधपुछ गर्दै बरहथवाको रौनियार समाजमा पुगिन्। त्यहाँ पनि पहिला उनको कुरा सुनिएन।

‘धेरै पटक हारगुहार लगाएपछि पञ्चायती बस्नुभयो,’ कञ्चनले भनिन्, ‘त्यहाँ छोरी मान्छेले घरव्यवहार सम्हाल्न यी सबै कुरा सहनुपर्ने बताइयो।’

बरथवा रौनियार समाजले पनि साथ नदिएपछि उनी माइतीमै बसिरहिन्। यी सबै तनावका बीच पनि उनले आफ्नो पढाइ भने छाडेकी भने थिइनन्। उनलकोश्रीमानले विवाह गर्नुअघि देखि नै पिटिई गरेर मलाई दिपेन्देन्टमा अस्ट्रेलिया लानु भनेका थिए र विवाहपछि पिटिई क्लास जोईन पनि गराई दिए, र 3 महिनाको 50 लाख दिहिजोको बिबात बिच कञ्चनले त्यसलाई निरन्तरता दिइरहेकी थिइन्।

त्यही निरन्तरताले उनलाई जिउने आधार दियो। २०७९ माघ ६ गते पिटिई परीक्षामा सफल भइन्।

उक्त सफलताले उनका श्रीमानलाई उनीसम्म डोरार्‍यो। आफूले गल्ती गरेको स्वीकार गर्दै माफी मागेर घर फर्किन आग्रह गरे।

‘श्रीमानले आफू सुध्रिएको दाबी गरेपछि घर परिवारको सल्लाहमा फर्किएँ,’ उनले भनिन्, ‘घरबार बन्छ भन्ने सोचेर माफी दिएँ।’

पिटिई पास भएकाले विदेशिने सोचलाई उनले अगाडि बढाइन्। श्रीमान पक्षले विदेश जानका लागि माइतीसँग पैसा माग्न भनेर उनलाई दबाब दिन थालियो । फेरि कञ्चनमाथि कुटपिट भयो।

‘कुटपिट भइरहेको छ भनेर माइतीलाई सुनाएँ। बा-आमाले ऋण गरेरै भए पनि १० लाख रूपैयाँ चेक र ६ लाख नगद ल्याएर दिनुभयो,’ उनले भनिन्, ‘त्यति दिँदा पनि नपुगेर पटक पटक माग्न लगाइयो। कुटपिट हुन छोडेन।’

यी सारा पीडा छल्न र बा-आमाको ऋण तिर्न जसरी भए पनि विदेशिने सोचमा उनी थिइन्। त्यही अनुसारले प्रक्रिया पूरा गर्न जोड दिइन्। तर भिसा लागेन।

‘विदेश जाँदा यी पीडाबाट छुटकारा पाउँछु भन्ने सोचेको थिएँ,’ उनले ती दिन सम्झिँदै भनिन्, ‘भाग्यले पनि त्यतिबेला साथ दिएन। श्रीमान पक्षबाट फेरि पनि अब नराख्ने भन्दै पुन: कुटपिट गर्न थाल्नुभयो।’

समयसँगै उनीमाथि हुने यातना र कुटपिट बढ्दै गयो। बा-आमाले ऋण गरेर दिएका लाखौं रूपैयाँ तिर्न भए पनि आफूलाई जीवित राखिरहेको उनको भनाइ छ।

‘सहेरै बस्दा पनि लगाएको गहना खोसेर एकदिन घरबाट निकालिदिनुभयो,’ उनले भनिन्, ‘मेरो स्वाभिमानलाई त्यागेर घरबाट ननिकाल्न पटकपटक आग्रह गरेँ। तर उहाँहरूले मान्नु भएनँ।’

उनले थपिन्, ‘आफ्नो स्वाभिमानलाई लतारे म पुन: माइती फर्किएँ, जाने ठाउँ पनि कतै थिएन। मर्न सकिनँ।’

आगामी यात्राको बारेमा दिमाग शून्य थियो। त्यही बेलामा श्रीमान पक्षले सम्बन्ध बिच्छेदको केस फाइल गरेको उनले थाहा पाइन्।

आफूमाथि गरिएको शारीरिक र मानसिक यातना दिने र लाखौं रूपैयाँ लिनेलाई त्यति सहजै छोड्न नहुने र कानुनी कारबाही हुनुपर्ने उनले अठोट गरिन्। तर उनका परिवारले सकेसम्म मिलेरै बस्न आग्रह गरे।

बा-आमाको याचनापछि उनले प्रहरीको मद्धत लिने सोचिन् र हरिवन इलाका प्रहरि कार्यालय पुगिन्।

उनले त्यहाँ आफूमाथि घरेलु हिंसा भएको र न्याय चाहियो भनिन्। प्रहरीले उनलाई पालिकाको न्यायिक समितिमा जानु भनेर फर्काइदियो। त्यसपछि उनी झिनो आस लिएर हरिवन नगरपालिकाको न्यायिक समिति पुगिन्।

‘आफूमाथि हिंसा नगरी इज्जतका साथ खाना, बस्न दिइयोस् भनेर निवेदन दिएँ,’ उनले भनिन्, ‘दुवै पक्षलाई बोलाएर सर-सल्लाह भइरहँदा पनि कार्यालयका व्यक्तिले भने दुर्व्यवहार गर्नुभयो।’

न्यायिक समितिमा मिलापत्र र विवाह दर्ता गर्ने तयारी भइरहेको थियो। त्यही बीचमा हरिवन नगरपालिका-११ का वडाध्यक्ष शेख मेहेबुब, श्रीमान रोहित गुप्ता, रोहितका मामा राजेन्द्र गुप्ता लगायतले ‘काम छ’ भनेर बाहिर लगेको उनको भनाइ छ।

त्यही बहानामा उनीहरूले आफूलाई नजिकैको क्लिनिक लगेर प्रेग्नेंसी टेष्ट गर्न लगाएको उनको आरोप छ।

‘महिनावरी छु भन्दा पनि टेष्ट गर्न र कपडा खोल्न दबाब दिनुभयो,’ उनले ती दिन सम्झिँदै भनिन्, ‘मैले लुगा खोल्न नमानेपछि जबर्जस्ती खोलेर प्याड हेर्नुभयो।’

उनले आफूमाथि भएको दुर्व्यवहार न्यायिक समितिमा सुनाइन्। तर त्यहाँ उपस्थित प्रहरी, न्यायिक समितिका पदाधिकारीले वास्ता गरेनन्। त्यो (शुक्रबार) दिन केही भएन आइतबार आउन भनियो।

आइतबार पनि पुन: नगरपालिका पुगिन्। तर शुक्रबार भनेजस्ता कुनै पनि कामहरू भएनन्। उनलाई त्यहाँ केही व्यक्तिहरूले कानुनी रूपमा अगाडि बढ्न सल्लाह दिए।

उनले पनि आगामी यात्रा जस्तो भए पनि कानुनी लडाइँ लड्ने अठोट गरिन्। त्यही अठोट लिएर श्री जिल्ला अदालत मलंगवा पुगिन्।
त्यहाँ उनले घरेलु हिंसामा मुद्दा दर्ता गराइन्। उनको मुद्दामा २०८० सालको दशै तिर नै उनलाई घर बस्न, खाना लगाउन, उपचारगरदिन, र कुनै किसिमको शारिरीक र मानशिक यातन न दिन आदेश गर्‍यो।

उक्त आदेश अनुसार उनलाई सुरक्षाका साथ घर बस्न वडा, नगरपालिका र इलाका प्रहरीलाई आदेश दियो । त्यो आदेश सङै उनी इ.प्र.का हरिवन पुगिन ।

उनी अदालतको आदेश बोकेर ६ महिनासम्म वडा, नगरपालिका र इलाका प्रहरी कार्यालय धाइरहिन्। जहिले बैठक बोलाउने मिति तोक्दै, सार्दै पठाइयो। बिभिन बहाना बनाइ आदेशलाई टालियो ।हाल मुद्द बिचारधारी अवस्था मा छ हामी केही गर्न न मिल्ने भनी पटक पटक कंचनलाई फर्काइयी ।।

त्यही बीचमा श्रीमान पक्षले निषेधाज्ञा लिएर आए। त्यसपछि कानुनी रूपमा अगाडि बढ्न सकिनन्।

उनलाई प्रहरीले पनि साथ दिएनन्।

‘जबसम्म निषेधाज्ञा खारेज हुँदैन तबसम्म आफूहरूले केही गर्न सक्दैनौं भन्दै प्रहरीले पटकपटक फर्काइदिए,’ कञ्चन भन्छिन्, ‘त्यसलाई हटाउनका लागि जनप्रतिउत्तर लगाएँ।’

उनको निषेधाज्ञाको प्रतिउत्तरको पेसी नै चढेन। ४/५ महिनासम्म पेसी नचढेपछि उन्ले बुझ्दै जादा वडा र नगरपालिले लगाएको प्रतिउतर बिचमै गायब गरिएको थाहा पाइन।

तर उनले प्रतिउत्तरका लागि दिइएको पत्र नै नभएको भन्दै अल्मल्याउने काम भएको उनी बताउँछिन्।

उनले ४/५ महिनाअगाडि भेटिएको रेकर्डमा नभएपछि पुन: नयाँ पत्र तामिल गरिन्। त्यसबाट निषेधाज्ञा खारेज गरेर ल्याइन्।
तर निशेध आग्या खारिज अनुसार पनि स्थानीय तह तथा प्रहरीले साथ दिएनन्। त्यसपछि उनी हिम्मत गरेर मोबाइलको क्यामरा अन गरेर श्रीमानको घर प्रवेश गर्ने हिम्मत गरेको उनी बताउँछिन्।

‘घर पुग्नसाथ सासू, ससुरा नन्द लगायतले कुटपिट गर्नुभयो,’ उनले भनिन्, ‘कुटपिट भएको देखेर त्यहाँका स्थानीयले प्रहरीलाई बोलाइदिए।’

प्रहरी आएर उनको सासूससुरा र नन्दलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लियो। दोस्रो दिन परिवारसँग प्रहरीले मिलापत्र गराइदियो।

प्रहरीले मिलापत्र गराएअनुसारको उनी घरमा प्रवेश गर्न गइन्। तर परिवारले उनीमाथि गाली गर्न र विभिन्न लाल्छना लगाउन छोडेनन्।

‘कुटपिट तथा मानसिक यातना दिइयो,’ उनले भनिन्, ’50 लाख थप दाइजो नल्याएसम्म बस्न नदिने र परिवारलाई दु:ख दिइरहने भनिरहे।’

उनीमाथि दिइएका यातानाका कारणले स्थानीयको साथ र सहयोगमा अदालतमा दाइजोको मुद्दा पनि दर्ता गराइन्।

यहीबीचमा पनि उनीमाथि हुने यातनाहरू भने कम भएनन्। उनले यसबारे इलाका प्रहरी कार्यालयलाई सुनाइन्। कानुनी प्रक्रियामा भइरहेको केस भएकाले आफूहरूले केही गर्न नमिल्ने भन्दै पन्छाइदिए।

उनले आफूमाथि भएका घटनाबारे कुनै पनि रोक्ने बाटो नदेखेपछि सार्वजनिक रूपमा भन्ने निर्णय गरिन्। उनले सामाजिक सञ्जालमा आफूमाथि भएका सम्पूर्ण घटनाहरू लेखेर पोष्ट गरिन्।

उनले सामाजिक सञ्जालमा लेखेपछि केही सञ्चारकर्मीले उनको घटनामाथि समाचारहरू पनि बनाएका छन्।

उनी आफ्नो उपचारका लागि माइती फर्किइन्। माइतीमा बसेर आराम गरिरहेकै बेलामा उनका श्रीमान पक्षले कञ्चनले लेखेका कुराहरू झुटा हुन् भनेर सामाजिक सञ्जालमा बोले। उल्टै उनीमाथि विभिन्न लान्छना लगाउने काम भयोर उन्ले सो बिसयमा विराटनगरमा मानहानि( साईवर क्राईम मुद्दा) गरिन र मुन्ना गुप्ता कशुर ठहर भए।

दाइजोको मुद्दामा उनका ससुरालाई नियन्त्रणमा लिइयो। त्यसपछि आफूमाथि श्रीमान पक्षले थप यातना र धम्की दिएको भिडिओ र रेकर्डिङ उनले सुरक्षित राखेकी छन्।

उनले आफूमाथि कुटपिट भएको, दाइजो माग गरिएको, मानसिक यातना दिएको केही प्रमाणहरू सम्बन्धित निकायलाई बुझाएकी छन्। तर पनि अहिलेसम्म उनको दाइजोको मुद्दामा कुनै पनि फैसला नभएको उनी बताउँछिन्।

उनले सुरूआतमा दिएको घरेलु हिंसाको मुद्दामा भने घरपरिवारमा बस्न, खान दिने आदेश आएको थियो। त्यही आदेश अनुसार केही साताअघिमात्र उनी श्रीमानको घरमा पुन: बस्न पुगेको उनी बताउँछिन्।

‘एक्लै बस्न डर लागेको छ तर हिम्मत हारेकी छैन,’ उनले भनिन्, ‘कानुनीले न्याय दिने आसमा जीवित छु। अन्तिम आस त्यही हो।’

उनले अहिलेसम्म श्रीमान पक्षलाई घरेलु हिंसा, दाइजो, अभद्र व्यवहार, अंश, साइबर क्राइम, मिलापत्र बदर, झुटा किर्ते लिखित लगायत मुद्दा दर्ता गराएकी छन्। साथै ती मुद्दालाई टुंगो लगाउन लागिपरेको उनी बताउँछिन्।

उनका श्रीमान रोहित गुप्ता र जेठाजु सन्तोस गुप्ता विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर अहिलेसम्म उनी पक्राउ परेका छैनन्।

‘न्याय ढिलो भयो भने त्यो अन्याय हुन्छ, धेरै आसमा छु,’ उनले भनिन्, ‘न्याय प्रणाली इमानदार बनोस् भन्ने मेरो चाहना छ। न्याय नपाएसम्म लडिरहन्छु।’

●यसबारे हामीले सम्बन्धित निकायसँग कुराकानी गरेका छौं।

हरिवन नगरपालिकाको उपप्रमुख हरिमाया घलानका अनुसार न्यायिक समितिमा सुरूमा उजुरी आएपछि उनीहरू दुई पक्षलाई राखेर छलफल गरिएको हो। त्यतिबेला विवाह दर्ता मिलापत्र गराउने कुरा पनि भएको थियो।

‘शुक्रबारको दिन भएकाले त्यो दिन विवाह दर्ता गर्न सचिव भेटिनु भएन,’ उपप्रमुख घलानले भनिन्, ‘आइतबार बोलाएका थियौं। त्यो दिन फेरि केटा पक्ष आउनुभएन।’

आइतबार पनि विवाह दर्ता नभएपछि दुई पक्षलाई समेट्न सकिएन। केही समयपछि कञ्चन इलाका प्रहरी कार्यालय पुगेपछि आफूहरू यस मुद्दाबाट पछि हटेको उनी बताउँछिन्।

●इलाका प्रहरी कार्यालयमा घरेलु हिंसा, दाइजो, साइबर क्राइमलगायत ४ वटा मुद्दा दर्ता भएका छन्। त्योसँगै उनीमाथि कुटपिटको मुद्दा पनि अदालतमा दर्ता भएका इलाका प्रहरी कार्यालयमा खबर आएको छ।

इलाका प्रहरी कार्यालयका एक प्रहरीका अनुसार उनका श्रीमान पक्षले सम्बन्ध विच्छेदको मुद्दा हालेको छ। उक्त मुद्दाको अन्तिम फैसला नहुन्जेल बुहारी भएको नाताले त्यही घरमा बस्न चाहे बस्दा हुने भनिएको छ।

घरमा बस्नका लागि कुनै समस्या भएमा भने प्रहरीलाई खबर गर्न समेत आग्रह गरिएको छ। कञ्चनलाई प्रहरीले कानुनले दिएअनुसारको सेवा सुविधा र सुरक्षा दिनका लागि पछि नहटेको प्रहरीको भनाइ छ।

●यस विषय कञ्चन रौनियारको भनाई अदालतको आदेश अनुशार बस्ने मात्र व्यबस्था गरिएको छ, खाना लगाउन र उपचार खर्च भने अहिले सम्म नदिएको कारण माइती पक्क्षसंग रिण लिदै चलाई राखेकौ छु, र हाल वडा. 9 मा आफु कुन आवस्थामा छु भनेर दिएको जानकारी निवेदन र ईलका प्रहरी हरीवनमा दिएको ज्यान सुरक्छ्याको निवेदन दर्ता नगर्दिएको उनको गुनासो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of प्रफुल्ल मिश्र

प्रफुल्ल मिश्र

उनी एक असल , निस्पकछ र निस्वार्थ काम गर्ने व्यक्ति हुन।
Picture of प्रफुल्ल मिश्र

प्रफुल्ल मिश्र

उनी एक असल , निस्पकछ र निस्वार्थ काम गर्ने व्यक्ति हुन।
🔗 सम्बन्धित पोस्टहरू