नवरात्रीको पावन अवसरमा Human Love Charity Fund ले पर्साको धोबिनी गाउँपालिकाका विभिन्न स्थानमा माता दुर्गाका भक्तजनलाई फलफूल वितरण गरेको छ।
हरेक वर्षझैँ यस वर्ष पनि संस्थाले नवरात्रिको अवसर पारेर धोबिनी गाउँपालिकाका धोबिनी, हरिहरपुर, जगन्नाथपुर, लंगडीलगायतका स्थानमा पूजा आराधनामा सहभागी भक्तजनलाई प्रसादस्वरूप केरा, स्याउलगायत विभिन्न फलफूल वितरण गरेको हो।
धार्मिक आस्था, सामाजिक सद्भाव र सेवाभावलाई प्राथमिकता दिँदै संस्थाले सञ्चालन गरेको यस कार्यक्रमले नवरात्रिको धार्मिक उत्साहसँगै सामाजिक सेवाको सन्देशसमेत प्रवाह गरेको छ। चाडपर्वका अवसरमा भक्तजनसँग खुसी साटासाट गर्ने तथा सामाजिक सेवामार्फत समुदायसँग जोडिने उद्देश्यले फलफूल वितरण गरिएको संस्थाले जनाएको छ।
उक्त सेवामूलक कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मुकेश पटेल, सचिव रिजवान अहमद, राजन कुमार बानियाँ, राशिद अंसारी, राममूर्ति साह कानु, नौसाद अंसारी, पवन पटेल, नौसाद अहमदलगायत संस्थाका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
संस्थाले यस पुण्य कार्यलाई सफल बनाउन सहयोग तथा साथ प्रदान गर्ने सम्पूर्ण सदस्य, सहयोगी र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेको छ।
धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको Human Love Charity Fund ले आगामी दिनमा पनि समाजसेवा, मानवीय सहयोग र सामुदायिक सद्भाव प्रवर्द्धन गर्ने कार्यलाई निरन्तरता दिने अपेक्षा गरिएको





