मंगलवार, कार्तिक ११, २०८३
Edit Template

छिपहरमाई मन्दिर परिसरमा Human Love Charity Fund द्वारा सरसफाइ कार्यक्रम सम्पन्न

पर्साको छिपहरमाई मन्दिर परिसरमा Human Love Charity Fund का सदस्यहरू तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता र सहयोगमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मन्दिर परिसरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका सदस्यहरू तथा स्थानीय युवाहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै मन्दिर परिसरमा सरसफाइ गरेका थिए।

धार्मिक तथा सार्वजनिक स्थलहरूको स्वच्छता कायम राख्नुका साथै समाजमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यस्ता सामाजिक कार्यले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवाहरूलाई सामाजिक सेवाप्रति प्रेरित गर्ने विश्वास लिइएको छ।

Human Love Charity Fund ले समाजसेवा, मानवता र परोपकारलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक तथा जनहितका कार्यहरू गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य संस्थाले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू