वीरगञ्ज ३०, बैशाख : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले शैक्षिक माफियाहरूको दबाब र चलखेलमा परेर प्रवेश परीक्षा प्रणाली हटाउँदै केवल GPA को आधारमा भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गर्नु गम्भीर र आपत्तिजनक छ।
उक्त निर्णयले शिक्षा क्षेत्रलाई पहुँच, सिफारिस र सिण्डिकेटको दलदलमा धकेल्ने खतरा बोकेको छ। यसले मेहेनती, प्रतिभाशाली र कम स्रोतसाधन भएका विद्यार्थीहरूको भविष्यमा अन्याय गर्नेछ भने, शैक्षिक माफियाहरूलाई फाइदा पु¥याउने खतरनाक ढोका खोलिदिएको छ।
अखिल क्रान्तिकारी केन्द्रीय सचिव मिरोज अहमदले यो निर्णयको घोर भर्त्सना गर्दै तत्काल निर्णय सच्याएर खुला प्रतिस्पर्धाका आधारमा मात्र भर्ना प्रक्रिया अगाडि बढाउन माग गर्नुभएको छ।
शिक्षामा निष्पक्षता, पारदर्शिता र समान अवसरको रक्षा गर्नु राज्य र सम्बन्धित निकायहरूको नैतिक जिम्मेवारी हो भन्ने कुरामा सचिव अहमदले जोड दिनुभएको छ। यदि निर्णय फिर्ता नलिइएमा अखिल क्रान्तिकारी संघर्षका थप कार्यक्रमसहित सशक्त रुपमा सडकमा उत्रने चेतावनी पनि उहाँले दिनुभएको छ।