शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलबसम्बन्धी सार्वजनिक सूचना सच्याएका छन्।
मन्त्री पुनले प्रारम्भिक सूचनामा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई लक्षित गर्दै, भोलि (आइतबार)सम्म शिक्षकलाई तलब उपलब्ध नगराए कारबाही गरिने बताएका थिए। तर, उक्त सूचनामा ‘शिक्षकलाई तलब स्थानीय तह (पालिका)ले दिन्छ’ भन्ने तथ्य नबुझेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि उनले दोस्रो सूचना जारी गरी सच्याएका हुन्।
सच्याइएको सूचनामा उनले कारबाहीको जिम्मेवारी प्रधानाध्यापक होइन, पालिकामाथि हुने प्रष्ट पारेका छन्।

मन्त्री पुनले शिक्षकबाट तलब नपाएको गुनासो आएको उल्लेख गर्दै, भोलिसम्म तलब उपलब्ध नगराउने पालिकाविरुद्ध कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0





