बुधबार, फाल्गुन १३, २०८२

नेशनल मेडिकल कलेजद्वारा बारागढी गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

शैलेश गुप्ता २३ श्रावण पोखरिया

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगंजको आयोजनामा र बारागढी गाउँपालिका, खोपवाको सहकार्यमा आज एक दिवसीय निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत वरिष्ठ फिजिसियन डा. सुधाकर झा , बालरोग विशेषज्ञ डा. रञ्जित कुमार चौरसिया र स्त्री रोग विशेषज्ञ डा. संतोश झा द्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।
सेवा लिने सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो। कुल २६३ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने ५७ जना स्वयंसेवकहरूले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इसरत जहान अन्सारी , प्रमुख सूचना अधिकृत ई. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास , गुणस्तर तथा सञ्चालन प्रमुख ब्रज किशोर चौधरी , म्याट्रोन बिकास कुमार , र रक्त बैंक कार्यक्रम संयोजक बिनेश चौधरी उपस्थिति हुनु भएको थियो।
त्यस्तै गाउँपालिकाको तर्फबाट नगर प्रमुख अशोक कुमार जयसवाल, स्वास्थ्य सचिव ओमप्रकाश चौधरी, प्रसुती केन्द्र प्रमुख तथा अन्य पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको विशेष क्षणमा नगर प्रमुख अशोक कुमार जयसवालज्यूले नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा. इसरात जहान अन्सारीलाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी सम्पूर्ण चिकित्सक, अधिकारी तथा कर्मचारीहरूलाई सम्मानपत्र वितरण गर्नुभएको थियो।

यस प्रकारको संयुक्त प्रयासले समुदायस्तरमा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्न ठूलो टेवा पुगेको आयोजक पक्षले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू