सोमबार, असार २, २०८२

पोखरिया–९ मा मधेशको पहिचान झल्काउने ‘माटो पार्क’ निर्माणको डा. सि.के. राउतद्वारा शिलान्यास

२७ बैशाख, पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ स्थित भेद्राहामाई मन्दिर परिसरमा मधेशको सांस्कृतिक र ऐतिहासिक पहिचान झल्काउने ‘माटो पार्क’ निर्माणका लागि आज एक भव्य कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ।

शिलान्यास कार्यक्रम जनमत पार्टीका अध्यक्ष तथा संघीय सांसद डा. सि.के. राउत, मधेश प्रदेशका मुख्यमन्त्री छत्तीस कुमार सिंह, तथा पोखरिया नगरपालिकाका मेयर प्रद्युम्न प्रसाद चौहानले संयुक्त रूपमा गरेका हुन्।

डा. राउतले मधेश प्रदेश सरकारबाट एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै माटो पार्क मधेशको एकता, पहिचान र गौरवको प्रतीक बन्ने विश्वास व्यक्त गरे। चार बिघा क्षेत्रफलमा फैलिने यो पार्कमा मधेश प्रदेशका १३६ वटै स्थानीय तहबाट संकलित माटोलाई प्रदर्शनमा राखिनेछ। यसका लागि डा. राउतद्वारा विगतमा सञ्चालन गरिएको ‘माटो यात्रा’ अभियान अन्तर्गत संकलित माटोलाई समेत पार्कमा समेटिने जनाइएको छ।

कार्यक्रम पोखरिया नगर प्रमुख प्रद्युम्न प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि डा. सि.के. राउत, विशिष्ट अतिथि प्रदेश मुख्यमन्त्री छत्तीस कुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उपप्रमुख रूबी कुमारी ठाकुर, पूर्व सांसद हरिनारायण प्रसाद रौनियार लगायत वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला वन कार्यालयका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

माटो पार्कको निर्माणले पर्यटन प्रवर्द्धन र सांस्कृतिक चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू