सोमबार, असार २, २०८२

पोखरिया अस्पतालमा नसा, हाडजोर्नी, डेन्टल तथा बाल रोग सेवा सुरु

जेठ १, पोखरिया (पर्सा) — पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ४ मा अवस्थित पोखरिया अस्पतालमा अबदेखि नसा तथा हाडजोर्नी, डेन्टल र बाल रोग सम्बन्धी सेवा उपलब्ध हुने भएको छ।

सोही अवसरमा पोखरिया अस्पतालको सभा हलमा आयोजित एक विशेष कार्यक्रममा चार जना स्वास्थ्यकर्मीलाई स्वागत तथा सम्मान गरिएको छ। सम्मानित हुनेमा नसा तथा हाडजोर्नी विशेषज्ञ डा. अरविन्द साह, डेन्टल अधिकृत सरिता राउत चौरसिया, नर्सिङ अधिकृत तथा अस्पताल निरीक्षक सवेनाज बेगम, र अहेव मधु यादव रहेका छन्।

कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर तथा पोखरिया अस्पताल विकास समितिका अध्यक्ष प्रदुमन प्रसाद चौहानले सम्बोधन गर्दै पोखरिया अस्पतालको विकास र स्तरोन्नतिको लागि आफू दिनरात खटिएको बताए। उनले ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा सुलभ र किफायती बनाउन यो कदम महत्वपूर्ण भएको जनाए।

“अब पोखरिया आसपासका नागरिकहरूलाई सामान्य उपचारका लागि बिरगञ्ज वा निजी अस्पताल धाउनु नपर्नेछ,” मेयर चौहानले भने, “यसले समय र खर्चको बचत त गर्छ नै, सेवा पनि सहज रूपमा उपलब्ध गराउँछ।”

कार्यक्रमको अध्यक्षता पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले गरेका थिए भने प्रमुख अतिथि मेयर चौहान थिए। कार्यक्रममा डा. सुरेश यादव, पोखरिया नगर स्वास्थ्य शाखाका सहायक शिव पटेल, दिपिका सिंह, भगवान प्रसाद कुर्मी, बृजेश दुबेदी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
2
0
1
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू