महेन्द्र सिंह धोनीको जन्मदिनमा वीरगञ्जमा रक्तदान र समाजसेवा कार्यक्रम सम्पन्न गरिएको छ ।।
विश्वप्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको जन्मदिनको अवसरमा एमएस धोनी फ्यान क्लब वीरगञ्जले विभिन्न सामाजिक गतिविधिहरू गर्दै जन्मोत्सव मनाएका छन । सोमबार क्लबको संयोजनमा वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ , जसमा एक महिला सहित २० जनाले रक्तदान गरे।
त्यस्तै, क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘आशा किरण केन्द्र’मा पुगेर सुस्त मनस्थिति र मस्तिष्क पक्षघात प्रभावित बालबालिकालाई खाना खुवाउने तथा केक काटेर धोनीको जन्मदिन विशेष रुपमा मनाएका छन। क्लबका संयोजक विक्की सर्राफले समाजसेवामूलक गतिविधिबाट जन्मदिनलाई अर्थपूर्ण बनाउन कार्यक्रम गरिएको जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0