बुधबार, फाल्गुन १३, २०८२

पोखरियाको विद्यालयमा अचम्मको नियम : कपाल–नङ लामो भए पढ्न नपाइने !

पोखरी — श्री जिल्ला उचाङल रामदेव कलवार उच्च माध्यमिक विद्यालय, पोखरियामा विद्यार्थीलाई कपाल र नङ सामान्यभन्दा अलि लामो भएको बहानामा मानसिक दवाव सिर्जना गर्ने र कक्षाकोठाबाट बाहिर निकालेर बेन्च–डेस्क सार्न लगाउने जस्ता कार्य भएको भन्दै विद्यार्थीहरूले गुनासो गरेका छन्।

विद्यार्थीका अनुसार, कपाल वा नङ लामो भएको कारण देखाउँदै शिक्षकहरूले पढाइमा सहभागी हुन नदिई एक कक्षाबाट अर्को कक्षामा बेन्च–डेस्क सार्न लगाउने, कतिपयलाई त पाठमै सहभागी हुन नदिई बाहिरै उभ्याउने काम भइरहेको छ। यसरी शिक्षा ग्रहण गर्ने अधिकारबाट वञ्चित गर्नुका साथै अनावश्यक मानसिक यातना दिइएको उनीहरूको आरोप छ।

शिक्षाविद्हरूका अनुसार, विद्यालयमा फर्निचर सार्ने वा मिलाउने जिम्मा प्रशासनको हो, विद्यार्थीलाई जबर्जस्ती श्रम गराउनु श्रम शोषणमा पर्छ। कपाल वा नङ लामो भएको अवस्थामा विद्यार्थीलाई सम्झाउने, अभिभावकसँग समन्वय गर्ने र सचेतना कार्यक्रममार्फत समाधान खोज्नु नै सही उपाय हो।

नेपालको संविधानको धारा ३९ (७) ले विद्यालय वा अन्य कुनै स्थानमा बालबालिकालाई शारीरिक वा मानसिक यातना दिन नपाइने व्यवस्था गरेको छ। सोही उपधारा (१०) अनुसार, यस्ता कार्यबाट पीडितलाई पीडकबाट क्षतिपूर्ति पाउने अधिकार समेत रहेको छ।

त्यसैगरी, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (२) (घ) ले विद्यालय वा अन्यत्र शारीरिक वा मानसिक दण्ड दिने कार्यलाई बालबालिकाविरुद्धको कसुर मानेको छ। ऐनको दफा ७२ (३) (क) अनुसार यस्तो कसुर गर्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

विद्यार्थीहरूले नयाँ प्रधानाध्यापक आएपछि विद्यालयमा यस्ता कठोर नियम लागू गरिएको भन्दै असन्तोष व्यक्त गरेका छन्। उनीहरूले शिक्षा ग्रहण गर्ने अधिकारलाई सम्मान गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू