बुधबार, फाल्गुन १३, २०८२

गाउँपालिका अध्यक्षको हठ : कर्मचारीहरू ६ महिनादेखि तलबविहीन

पर्सा — पर्साको पकहाँ मैनपुर गाउँपालिकामा कार्यरत करार तथा ज्यालादारीका ६५ भन्दा बढी कर्मचारीहरू ६ महिनादेखि तलबविहीन बनेका छन्। दशैं नजिकिँदै गर्दा समेत उनीहरूले तलब र भत्ता पाउन सकेका छैनन्।

कर्मचारीहरूले तलब नपाउनुको कारण गाउँपालिका अध्यक्ष सुरेश मेहताको हठ भएको आरोप लगाइएको छ। गाउँ परिषद् गत असारमै सम्पन्न हुनुपर्ने भए पनि अध्यक्ष मेहताले १६ करोडको बजेट सूत्रमा राख्नुपर्ने अडान लिँदै बैठकमा सहभागी नहुँदा परिषद् अझै सम्पन्न हुन सकेको छैन।

प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहका अनुसार संघ सरकारले छुट्याएको बजेट ८ करोड ६५ लाख भए पनि अध्यक्षले दोब्बर योजना अघि सारेकाले भुक्तानी असम्भव बनेको छ। साहले भने, “गाउँ परिषद् सम्पन्न गरी अख्तियारी दिइए दुई दिनमै तलब दिन सक्छु।”

यसैबीच वडा नम्बर १ का वडाध्यक्ष विनोद मेहताले अध्यक्ष मेहताको व्यक्तिगत स्वार्थकै कारण पालिका अवरुद्ध भएको आरोप लगाए। उनका अनुसार संघ सरकारले छुट्याएको रकम वडाध्यक्ष, उपाध्यक्ष र अध्यक्षबीच भागबण्डा गर्ने सहमति भए पनि अध्यक्षले अस्वीकार गर्दै परिषद् नै रोकिरहेका छन्।

गाउँपालिका उपाध्यक्षसहित पाँचै वडाध्यक्षले परिषद् बोलाउन लिखित माग गरे पनि अध्यक्षले अहिलेसम्म स्पष्ट मिति तोकेका छैनन्। यसले गर्दा पालिकाका सम्पूर्ण काम अवरुद्ध हुनुका साथै कर्मचारीहरू चाडबाडमै आर्थिक संकटमा फसिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू