बेनी, जेठ १५ — गणतन्त्र दिवस २०८२ को अवसरमा बिहीबार म्याग्दीको सदरमुकाम बेनीमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
सञ्चार, सुरक्षा निकाय, विद्यालय, राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागितामा प्रभातफेरी निकालिएको हो। बेनी नगरपालिकाको आयोजना तथा सहकार्यमा बिहानैदेखि झण्डा, व्यानर र राष्ट्रिय नारासहितको ¥याली नगर परिक्रमा गरिएको थियो।
कार्यक्रमले लोकतन्त्र र गणतन्त्रप्रतिको प्रतिबद्धता दोहो¥याउँदै सर्वसाधारणमा राष्ट्रिय एकता र समावेशी सन्देश प्रवाह गरेको बेनी नगर प्रमुख सुरत केसीले बताए।
गणतन्त्र दिवसकै अवसरमा विभिन्न विद्यालयमा वक्तृत्वकला, चित्रकला तथा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0