बुधबार, फाल्गुन १३, २०८२

अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारहरुको सम्मेलन सम्पन्न पर्सा बाट ६ पत्रकार समान्नित

शैलेश गुप्ता २ असार पोखरिया

दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन संघीय राजधानी काठमाडौं को ललितपुर र भक्तपुरमा आयोजित दुई दिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारहरुको सम्मेलन २०८२ सम्पन्न भएको छ ।
नेवा राष्ट्रिय पत्रकार दवुको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० र सार्क जर्नालिष्ट फोरमको समन्वयमा आयोजित सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गरेको छ ।

सम्मेलनको सभामुख देवराज घिमिरेले गत शुक्रबार उदघाटन गर्नुभएको थियो। भने सम्मेलनको समापन मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले समापन गर्नु भयो । समापन कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले मातृभाषाको प्रवर्धनका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
नेवा पत्रकार राष्ट्रिय दवुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा फोनिजका अध्यक्ष लक्की चौधरी, सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामा, सम्मेलनका संयोजक सुनिल महर्जन, पत्रकार के।के मानन्धर, भारत तथा बङ्गलादेशका सहभागी पत्रकारले मातृभाषाको महत्व र यसको संरक्षणको अपरिहार्यताबारे धारणा राख्नुभएको थियो ।

घोषणापत्रमा सम्मेलनले जारी गरेको घोषाणपत्र सार्क देशका प्रमुखहरुलाई हस्तान्तरण गर्ने, मतृभाषी पत्रकारको क्षमता वृद्धि तथा मातृभाषाका सञ्चार गृहको प्रवर्धनमा सरकार सँग आवश्यक बजेट माग गर्ने, मातृभाषा पत्रकारिताका विषयमा सरोकारवाला पक्षहरु सँग नियमित छलफल गरी यसबारे सचेतीकरण गर्नेलगायतको विषय समेटिएको छ ।

कार्यक्रममा पर्सा ईस्थित रहेको रेडियो पोखरियाका पत्रकार शैलेश साह कानु सहित ६ जना पत्रकार समानिनत भएका छन ।
समानिनत हुनेमा प्रेस चौतारी पर्सा साखा अध्यक्ष तथा माई टिवीका निरन्जन मिश्र,ई दैनिक जागरणका राजन कुमार सिँह, पोखरिया खबर डट कमका अन्जना गिरी ,सि आइ एन नेपाल डट कमका बिद्यया खनाल, दि ब्लाष्ट किँग सप्ताहिकका दिपेन्द्र प्रजापती लाई आयोजक दोसला ओढाई, टिका तथा फुलमाला लगागाई , सरसमान र प्रमाण–पत्र , सहित मायाको चिन्हो दिई सँस्थाले समानित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू