बुधबार, फाल्गुन १३, २०८२

पोखरिया नगरपालीकाको ८२–०८३ को निती तथा कार्यक्रम सम्पन्न ४४ करोड भन्दा बढीको वजेट प्रस्तुत ।

शैलेश गुप्ता ०९ असार पोखरिया

पर्सा को पोखरिया नगरपालीकाले आज एक कार्यक्रमको विच सर्वसहमतले २०८२–०८३ को नवाँै नगर सभा बाट ४४ करोड ४० लाख २७ सजार,४सय ४८ अठचालीस रुपैयाको बजेट प्रस्तुत गरेको छ । नवौँ नगर सभाको निति तथा कार्यक्रम र बजेट प्रस्तुत नगर प्रमुख तथा उप प्रमुख द्धारा हस्तानतरीक बजेट बुक नगरपालीको प्रमुख प्रसाकिय अधिकृत रामविन्य कुमार सिँहले प्रस्तुत गर्नु भएका हुन ।
पोखरिया नगरपालीकाले वितिय समानीकरण तर्फ सँघ सरकारको १० करोड ५९ लाख, शर्सत अनुदान चालु तर्फ सँघ सरकारको २० करोड, २१ लाख , समपुरक अनुदान तर्फ सँघ सरकारको ५० लाख ,विशेष अनुदान तर्फ सँघ सरकारको १ करोड १३ लाख , राजस्व बाडफाड तर्फ सँघ सरकारको ९ करोड २८ लाख,२७ हजार ४ सय ४८ चालीस , गरी जम्मा ४४ करोड ४० लाख, २७ हजार,४ सय, अठचालीस रुपैया रहेको छ ।

पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको निति तथा कार्यक्रमको बजेट प्रस्तुत कार्यक्रमलाई नगर प्रमुख चौहानले पानसमा दिपक जलाई कार्यक्रमको उदघाटन गरेका हुन । कार्यक्रम पोखरिया नगरपालीकाको वडा नम्बर ४ मा रहेको प्राचिन शिव मन्दिर पोखरेश्रर महादेव मन्दिरको सार्वजनीक धर्मसालामा भएको कार्यक्रमा वडा अध्यक्ष प्रमोद गिरी , केदार महतो चाई , रामप्रवेश प्रसाद चौहान , लक्ष्मण साह कानु ,महेन्द्र महतो चाई ,सिमान्नद प्रसाद चौहान,प्रमान्नद प्रसाद पटेल, किसोरी साह तेली, नौसाद आलम, सोनालाल साह गोढ, कार्यपालीका सदस्य , अजय कुमार कलवार,राधा साह कानु , रामबचन महतो , वडा सदस्य ,पुर्व उप प्रमुख सलमा खातुन , रेडक्रस सोसायटी उप साखा पोखरियाको सभापती भगवान प्रसाद कुर्मी ने क पा एमाले नगर कमीटी अध्यक्ष विन्धाचल ठाकुर ,राजु साह , मिताराम प्रसाद पटेल,गोबर्धन प्रसाद यादव , कर्मचारी ,सुरक्षाकर्मी सँचारकर्मी लगायतकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा पोखरिया नगरपालीकामा कार्यरत कर्मचारीहरुलाई मुल्याँकलको आधारमा कदर पत्र सहित सम्मान गरिएको छ । भने कार्यक्रमको सहजीकरण शिव पटेल तथा भगवान प्रसाद साह कानुले गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू