बुधबार, फाल्गुन १३, २०८२

रौतहटको राजपुरममा भयको एक भयाभय घटना जुन निकै दर्दनाक र कहाली लाग्दो छ ।।

FB IMG 1751870145605

 

रौतहटको राजपुरममा भयको एक भयाभय घटना जुन निकै दर्दनाक र कहाली लाग्दो छ. २०८२ असार २२ गते काठमंडौको भृकुटि मंण्डपमा आफ्नो व्यथा सुनाउन राजधानी आइपुगेका ति व्यक्ति जस्को अवस्था निकै भयाभय र सररिको अगं क्षतबिक्षत अवस्थामा देखियको थियो २ दसकपछिको यो लामो घटनामा को कहानिले मोड नै परिवर्तन गर्ने खालको यि व्यक्ति को थिय र किन यतिको लामो समय सम्म चुप थिय आज फेरि यो घटनाको नालि बेलि कसरि एकाएक बाहिरीयो को हुन त ति व्यक्ति राजपुर इट्टाभट्टा प्रकरणमा यि व्यक्तिको सम्बध के थियो त राजपुर घटनाको बारेमा के भन्छन उनि .
भारतको बिहार राज्यको सितिामढिबाट आफ्नो व्यथा सुनाउन काठमंडौ आइपुगेका उनि भन्छन
श्रिमान म जिउदै छु म साक्षि होइन स्वयंम प्रमाण हु बाँचें तर धेरै पीडा लिएर – अफ्ताब छुट्यो, म चाहिँ अझै पनि जलिरहेको छुू

म राजा इँटाभट्टामा काम गर्दै थिएँ, २०६४ साल चैत २७ गतेको कुरा हो। निर्वाचनको एक दिन अघिको साँझ थियो। मलाई अफ्ताब आलमले पैसा लिन उनको घर बोलायो। हामी तीन जना थियौं। घरको ढोकातिर पुगेको थिएँ, त्यत्तिकैमा ठूलो आवाजमा बम पड्कियो। आगोको लप्कोले मलाई समात्यो। म भागेँ, पछाडि पानी थियो, त्यही पानीमा हाम फाले। फेरि म त्यहाँबाट भागेँ। त्यसपछि के भयो, मलाई थाहा छैन।

यो बयान हो भारतको सीतामढी निवासी ४३ वर्षीय गौरीशंकर राम चमारको। जो आजन्याय खोज्दै काठमाडौं आइपुगेका छन्, कान गुमाएका छन्, अनुहार र छाती जलिसकेको छ, शरीरमा गहिरा चोट छ सरिरमा भयको चोट भन्दा मनको चोटले धेरै दुखेको छ उनि भन्छन ।

आँखा खोल्दा म सीतामढीको अस्पतालमा थिए। आमाले भन्नुभयो, ‘चिन्ता नगर, तिमी ठीक हुन्छौ।’ तर त्यो दिनदेखि आजसम्म म ठीक भएको छैन। शरीरको घाउभन्दा ठूला त मनका घाउ छन्। अफ्ताबले त एक पटक पनि सोधेन ‘मान्छे बाँच्यो कि मर्यौ भनेर उनले आँखा भरि आसूँ पार्दै उनले भने .
अदालतले त मानेन होला, तर बम त पड्किएको थियो नि। मान्छे त घाइते भएका थिएनी । दुई जना त मेरो गाउँका पनि जलिसके थिए। कसले बुझ्छ हाम्रो पीडा

अफ्ताबका समर्थकले धम्की दिएको कुरा पनि उनी सुनाउँछन्,
“एक दिन मेरो घर गएका रहेछन्, आमालाई भनेछन्– ‘तिम्रो छोरा त सकियो अब। बाँच्दैन।’ डर लाग्छ मलाई। म मरुँ कि बाँचूँ, बुझ्न सक्दिनँ

काम गर्न नसक्ने, शरीर थकित र मन थिचिएको गौरीशंकर अहिले न्यायको याचना गर्दै राजधानी आइपुगेका छन्।
अब म बाँच्ने कि मर्ने थाहा छैन। मलाई थाहा छैन, यस्तो हालतमा मान्छे कसरी बाँच्दो रहेछ भन्दै उनी रुँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of प्रफुल्ल मिश्र

प्रफुल्ल मिश्र

उनी एक असल , निस्पकछ र निस्वार्थ काम गर्ने व्यक्ति हुन।
Picture of प्रफुल्ल मिश्र

प्रफुल्ल मिश्र

उनी एक असल , निस्पकछ र निस्वार्थ काम गर्ने व्यक्ति हुन।
🔗 सम्बन्धित पोस्टहरू