बुधबार, फाल्गुन १३, २०८२

काठमाडौंको नेशनल मेडिकल कलेज सञ्चालनमा

शैलेश गुप्ता १६ श्रावण पोखरिया

काठमाडौं नेशनल मेडिकल कलेज आज बाट औपचारिक रुपमा सञ्चालनमा आएको छ । काठमाडौंको , अनामनगरस्थित घट्टेकुलोमा काठमाडौं नेशनल मेडिकल कलेज आज शुक्रबारबाट औपचारिकरुपमा संचालनमा आएको हो ।

अस्पतालले सेवा सञ्चालनको अवसरमा सर्वसाधारणलाई लक्षित गर्दै विशेष सेवाको योजनाहरू पनि ल्याएको छ ।

अस्पतालको औपचारिक उद्घाटन सँगै ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्न थालिएको छ । साथै, अन्य सेवामा पनि सुरुवाती चरणमा छुट प्रदान गरिनेछ ।
विभिन्न विशेषज्ञ डक्टरहरु द्वारा सेवा प्रदान गरिदै छ। जस्तै जेनेरल मेडिसिन, जेनेरल सर्जरी, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, बाल रोग, नाक–कान–घाँटी, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, आँखा, नसा, मुटु, किड्नी, मूत्र तथा छाती रोगको उपचार निःशुल्क रूपमा प्रदान गरिनेछ ।

त्यसै गरी, आपतकालीन सेवा ९इमर्जेन्सी० २४ घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स–रे, फिजियोथेरापी लगायतका सेवामा विशेष छुट दिइने बताइएको छ । साथै, अस्पताल परिसरभित्रै फार्मेसी सेवा पनि उपलब्ध हुनेछ।

अस्पतालमा १५ बेडको आइसीयू, १५ बेडको एचडीयू, १५ बेडको नियोनेटल आइसीयू र १६ बेडको इमर्जेन्सी वार्ड तयार भइसकेको छ ।

हाल १७४ बेड क्षमतासहितको संरचना तयार भए पनि, प्रारम्भिक चरणमा १०० बेडको स्वीकृति लिएर सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको सेवा शुभारम्भको अवसरमा बोल्दै कलेजका सञ्चालक बसरुद्दीन अन्सारीले बिरामीलाई गुणस्तरीय, सुलभ र विश्वासिलो सेवा दिने प्रतिबद्धता जनाएका छन् । उनले यस सुखद अवसरमा सबै नागरिकले सेवाको मौका दिने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू