बुधबार, फाल्गुन १३, २०८२

खाने पानी मन्त्रि प्रदिप यादवको निर्देशनमा पोखरिया बजारमा ४ डिप बोरिन जडान

शैलेश गुप्ता २० श्रावण पोखरिया

पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया बजार क्षेत्रमा खाने पानी मन्त्रि मा० प्रदिप यादवको निर्देशन तथा पोखरिया नगरपालीकाको पुर्व उप– मेयर सलमा खातुनको विशेष पहलमा पोखरिया अस्पताल परिसरमा भित्र ,आजाद मदर्सा पोखरिया अगाडी ,पोखरिया बजार इस्थित रहेको ईलाका प्रहरी कार्यालय पोखरियाको पोखरिया बजारमा रहेको प्रहरी विट अगाड लगायत ४ ठाउँमा डिप बोरिन जडान गरिएको छ ।

खाने पानी मन्त्रि मा० प्रदिप यादव द्धारा सँचालित १ घर १ धारा सफा र स्वच्छ पानी, स्वस्थय जिवन नारा सहित हर घरमा धारा तथा धाराको पाईप लाईन जडान हुने अभियान अन्तर्गत सो डिप बोरिन जडान भएको खाने पानी मन्त्रि प्रदिप यादवको स्वकिय सचिव । हरिन्द्र साहले जानकारी दिए । पर्सा जिल्लाको केन्द्र विन्दु पर्साको दोश्रो सदरमुकामको रुपमा रहेको पोखरिया बजार श्रेत्र भित्र रहेका सेवा प्रदायक सँघ सँस्था पोखरिया अस्पताल, मालपोत कार्यालय पोखरिया ,नापी कार्यालय पोखरिया , ईलाका प्रहरी कार्यालय पोखरिया , नेपाल विधुत प्राधिकरण पोखरिया वितरण केन्द्र पोखरिया , लयागयत सेवा प्रदायक सँघ सँस्था सहित सार्वजनिक ठाउँमा स्वच्छ खाने पानी बाट आम जनतालाई वँचित हुन नदिन आवस्क्ता अनुसार अझ डिप बोरिन थप गरिने खाने पानी मन्त्रि मा० प्रदिप यादवको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पोखरिया नगरपालीकाको वडा नम्बर १ देखी १० सम्म रहेका हरेक टोल टोल लयायतको ठाउँ ठाउँमा खाने पानीको समस्या हुन नदिन सबै वडामा डिप बोरिन जडान गरि घर घरमा शुद्ध स्वच्छ खाने पानी पुर्याउने योजना रहेको साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू