बुधबार, फाल्गुन १३, २०८२

पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित ऐतिहासिक कदम चालेको छ ।

शैलेश गुप्ता २१ श्रावण पोखरिया 

 पर्साकाे जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ । गाउँपालिका र वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहीमा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि. बीच बुधबार एक विशेष सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अनुसार अब जगरनाथपुर गाउँपालिकाका बासिन्दाहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य उपचार सेवामा उल्लेखनीय छुट पाउने भएका छन्। यसले आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ। सम्झाैता पत्रमा जगरनाथपुर गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र अस्पतालकाे तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन् ।

सम्पन्न सम्झाैता अनुसार मेडिकल कलेजले गाउँपालिकाबासीलाई OPD टिकटमा २५%, सामान्य बेड चार्जमा १५%, ICU/NICU/PICU बेड चार्जमा १६%, सर्जरी (मेजर/माइनर) मा ८%, प्याथोलोजी परीक्षणमा १०%, भिडियो एक्स-रे, एक्स-रे, ECG, ECHO, TMT, Endoscopy मा ७%, CT Scan/MRI मा ७%, फार्मेसी (OPD) मा १०% छुट, फार्मेसी (IPD) मा १५%, दन्त (Dental) सेवामा ७% छुट प्रदान गर्ने छ ।

गाउँपालिकाका अध्यक्ष यादवले भने “हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो सम्झौताले गाउँपालिकावासीको स्वास्थ्य उपचारमा ठूलो सहजता ल्याउनेछ।”

यस प्रकारको सहकार्यले गाउँस्तरमै नागरिकहरूको जीवनस्तर सुधार गर्न उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू