बुधबार, फाल्गुन १३, २०८२

भारतका विज्ञ टोलीसँग मधेश प्रदेशको खानेपानी संकट समाधानका लागी सिँहदरबारमा बैठक

शैलेश गुप्ता २६ श्रावण पोखरिया

काठमाडौं । मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि सोमबार सिंहदरबारमा भारत सरकारका विज्ञ टोलीहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

नेपाल सरकारको विशेष निमन्त्रणामा आएको भारतीय विज्ञ टोलीसँग मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको पानीको अभाव र यसको दीर्घकालीन समाधानबारे गहन छलफल भएको हो।

बैठकपछि टोली भोलि मंगलबारदेखि तराई–मधेसका संकटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत अनुगमन गर्ने र समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा जुट्ने भएको छ।

हाल खानेपानीको संकट सबैभन्दा तीव्र रूपमा वीरगञ्ज महानगरपालिकामा देखिएको छ। बारा र अन्य जिल्लाका धेरै वडामा पनि पानी अभावले जनजीवन प्रभावित भएको छ।

नेपाल सरकारले मधेश प्रदेशका जनताको जीवनस्तरमा सुधार ल्याउन नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको बताइएको छ।

यो सहकार्य नेपाल सरकार र भारत सरकारको जलशक्ति मन्त्रालयबीच केही महिना अघि हस्ताक्षर भएको समझदारीपत्र ९ःइग्० को आधारमा सम्भव भएको हो। बैठकमा यस पहलले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू