बुधबार, फाल्गुन १३, २०८२

युवा नेता रुपेश पाण्डेय : संविधानकै परिधिमा सरकार बनोस

काठमाडौं।
पर्सा क्षेत्र नम्बर ३ का युवा नेता रुपेश पाण्डेयले संविधानको परिधिभित्र रहेर सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । जेनजी आन्दोलना क्रममा देशभर भएका जननो क्षति लगायतका दुखद घटनाप्रति चिन्ता व्यक्त गर्दै पाण्डेयले यस्तो बताएका हुन् ।

विषम परिस्थिति रहेको भन्दै उनले अहिले संविधान र नेपाललाई जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता भएको बताए।

‘संसद् भवन,सिंहदरबार,राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायत अधिकांश भवनहरू जलेका छन् । यतिमात्र नभएर निजी भवन, सुपरमार्केट उद्योगहरू पनि जलेका छन् । यस्तो अवस्थामा सुझबुझपूर्ण तरिकाले निर्णय लिएर मुलुकलाई नयाँ दिशा दिनुपर्छ,’ उनले भने ।

उनले संविधान अनुसार नयाँ सरकार बनाउनुपर्नेमा जोड दिए। अन्तरिम सरकार बनाउने तयारी भइरहेको छ, यसलाई संविधान अनुसार नै अगाडि बढाउनुपर्छ,’ उनले भने ।

पछिल्लो समय राजनीतिक दल र दलका नेताहरूले नागरिकमा उत्साह जगाउने काम गर्न नसक्दा विषम परिस्थिति निम्तिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
15
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू