शैलेश गुप्ता ६ असोज पोखरिया
पर्सा को ग्रामीण भेगमा रहेका विभिन्न शक्ति पिठ तथा माता दुर्गा भवानीको मन्दिरहरुमा जमरा खसाली दिपक बाली घटस्थापना गरी देवी दुर्गा भवानीको पुजा पाठ सहित आर्धना गर्ने गरिएको छ ।
पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ सतवरिया स्थित रहेको लक्षवारमाई दुर्गा मन्दिर , पोखरिया बजार , बनकटवा सातोमाई देवी स्थान ,सेमरबारी , लमरिया ,फुलवरिया ,श्रीसिया ,रानीगन्ज रहरीया ,जगतपुर मन्नपुर, बैरिया विर्ता ,धोविनी गाउपालीका स्थित रहेको लन्गडी बजार छिपहरमाई गाउपालीका वडा नम्बर ४ मा रहेको छिपहरमाई दुर्गा मन्दिर , जगरनाथपुर गाउपालीकाको विभिन्न स्थान, पकहामैनपुर गाउपालीकाको विभिन्न स्थानमा जमरा खसाली आज देखी १० दिन विजया दशमीको दिन सम्म पुजापठ गरिने सुरुगरिएको छ ।
सतवरिया स्थित रहेको लक्षवारमाई दुर्गा मन्दिरमा घटस्थापनाको दिन देखी विजया दशमीको दिन सम्म दैनिक देवी देवता भुत प्रेते दुष्ट अध्यातमीक आत्माको छायालाई देवीको कृपाले दुर हुने र सरिर बाट काष्ठ को निवारण हुने धार्मिक विशवास रहेको छ ।
कालरात्रीको दिन देवीको विषेश पुजा पाठ हुने दिन हो र सोही दिन विभिन्न देवी देवता भुत प्रेते दुष्ट अध्यातमीक आत्माको छायाले सताएको पिडा ठिक हुने त्याहा पुगेका श्रद्धालुहरुले बताएका छन । सोही दिन रात्रीमा देवी को खपर पनी निकालने गरिन्छ । सो पुजामा सहभागी हुने र पुजा पश्रचात विभिन्न दुख कष्ट दुर दुने विश्रवास रहेको छ ।





