बुधबार, फाल्गुन १३, २०८२

बाढीपीडितका पक्षमा आम जनता पार्टीको आवाज : विश्रामपुरमा अध्यक्ष प्रभु साहको सहभागितामा अन्तरक्रिया सम्पन्न



आम जनता पार्टीले बाराको विश्रामपुर गाउँपालिकामा बाढीबाट डुबानमा परेकालाई राहतको उपलब्ध गराउने सरकारसंग माग गरेको छ।

आम जनता पार्टीको अध्यक्ष प्रभु साहको बिशेष उपस्थितिमा आज विश्रामपुर गाउँपालिकाको बरैनियामा भेटघाट तथा अंतरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचना तुरुन्त निर्माण गर्न तथा पीड़ित परिवारलाई आवश्यक क्षतिपुर्तिको ब्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएको जनाइएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रभु साहले अहिलेको सरकार जनताको दुःख–पीडाप्रति संवेदनशील नभएको आरोप लगाउँदै आम जनताको आवाज बुलन्द गर्न आम जनता पार्टी निरन्तर संघर्षरत रहने बताए। उनले बाढीपीडितको वास्तविक अवस्था बुझ्नका लागि तत्काल राहत वितरण र स्थायी समाधानका उपायहरू अपनाउन आग्रह गरे।

त्यस्तै, कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, प्रदेश र स्थानीय नेताहरुले समेत बाढी र डुबानग्रस्त क्षेत्रको स्थलगत अध्ययन गरी जनताको समस्या समाधानका लागि आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे।

कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले पनि आफ्ना समस्या र मागहरू राख्दै घर–घडेरी, खेतीयोग्य जमिन र पूर्वाधारमा भएको क्षतिको उचित मूल्यांकन गरी राहत उपलब्ध गराउन माग गरे।

अन्त्यमा, अध्यक्ष साहले जनताको साथ र समर्थनले नै पार्टीलाई सशक्त बनाउने उल्लेख गर्दै आगामी दिनमा पार्टीले जनहितका मुद्दाहरूलाई प्राथमिकतामा राखी निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू