काठमाडौं,२८ चैत
राजा ल्याउने आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँले भारतकाे आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले जनाएको छ ।
दुर्गा प्रसाईंकाे सचिवालयले फेसबुक पेजमा केहीबेरअघि स्टाटस मार्फत उक्त जानकारी गराएको हो ।
राति ९:१३ मा हालिएको फेसबुक स्टाटसमा लेखिएको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षाको लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामीले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0