बिहीबार, श्रावण १, २०८२

आगामी आउँदो निर्वाचनमा राजनीतिक सरगर्मी तीव्र, युवा व्यवसायी मोहम्मद इस्तखारको सम्भावित उम्मेदवारीले बढायो चर्चा

पोखरिया आगामी स्थानीय निर्वाचन नजिकिँदै गर्दा पर्साको पोखरिया क्षेत्रमा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। दलहरू रणनीति बनाउने, संगठन सुदृढ पार्ने र जनताको ध्यान खिच्ने दौडमा लागेका छन्। यसैबीच, युवा व्यवसायी मोहम्मद इस्ताखारको सम्भावित उम्मेदवारीले पोखरिया क्षेत्रको राजनीतिक माहोलमा नयाँ तरंग ल्याएको छ।

सामाजिक सेवा, युवा नेतृत्व र व्यवसायिक सफलताको कारण पहिचान बनाएका मोहम्मद इस्ताखार जनतामाझ लोकप्रिय नाम बनेका छन्। युवाहरूको प्रतिनिधित्व गर्दै राजनीतिमा सक्रियरूपमा होमिने तयारीमा रहेका उनले पछिल्लो समय जनसम्पर्क बढाउँदै आएका छन्। टोलटोलमा पुगेर जनताको समस्या सुन्ने, सेवा दिने र राजनीतिक परिवर्तनको कुरा उठाउँदै उनले आफूप्रतिको विश्वासलाई बलियो बनाइरहेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार, “हामी परिवर्तन चाहन्छौं, र मोहम्मद इस्ताखार जस्ता युवाहरूको उम्मेदवारीले नयाँ आशा दिएको छ।”

यद्यपि उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन्, तर उनको सक्रियता, सामाजिक सञ्जालमा उपस्थिति र जनसम्पर्क अभियानले सम्भावित उम्मेदवारको रूपमा उनलाई अगाडि ल्याइरहेको छ।

अबको चुनौती भनेको पार्टीको समर्थन प्राप्त गर्नु, युवा जोशलाई जनताको विश्वासमा बदल्नु र निर्वाचनको रणनीति मजबुत बनाउनु हुनेछ। पोखरियाको निर्वाचन मैदानमा मोहम्मद इस्ताखारको प्रवेशले राजनीतिक समीकरण कस्तो मोड लिन्छ भन्ने हेर्न बाँकी नै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू