बुधबार, फाल्गुन १३, २०८२

पोखरिया नगरपालिकामा युवा नेताको लहर, मोहम्मद इस्तखारका १० बुँदे एजेन्डा सार्वजनिक

पर्सा — आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पोखरिया नगरपालिकाका सम्भावित मेयर प्रत्याशी उम्मेदवार युवा नेता मोहम्मद इस्तखार ले नगरको समग्र विकासका लागि १० बुँदे एजेन्डा सार्वजनिक गरेका छन्। उनले जनताका आधारभूत आवश्यकताहरू पूरा गर्दै पोखरियालाई “सशक्त, समृद्ध र स्वच्छ नगरपालिका” बनाउने दृढता व्यक्त गरेका छन्।

१. गुणस्तरीय शिक्षा सबैका लागि

मोहम्मद इस्तखारले पोखरियाको प्रत्येक वडामा प्रविधि-मैत्री शिक्षाको पहुँच बनाउने प्रतिवद्धता जनाएका छन्। सरकारी विद्यालयमा गुणस्तर वृद्धि, योग्य शिक्षकको व्यवस्थापन, छात्रवृत्ति वितरण र शिक्षाको डिजिटल रूपान्तरण उनका मुख्य उद्देश्यमध्ये पर्छन्।

२. सुलभ र सस्तो स्वास्थ्य सेवा

गरिब, असहाय तथा वृद्ध जनताका लागि निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम, मोबाइल स्वास्थ्य सेवा, र स्वास्थ्य चौकीहरूको सुदृढीकरण गर्ने योजना सार्वजनिक गरिएको छ। पोखरियालाई स्वास्थ्यको हिसाबले आत्मनिर्भर बनाउने उनको प्राथमिकता हो।

३. गाउँदेखि शहरसम्म सडक र यातायात सुधार

अहिलेसम्म उपेक्षित गाउँ र टोलहरूमा पक्की सडक निर्माण, र नियमित मर्मतसम्भारका कार्यक्रम ल्याइने बताइएको छ। यातायातमा सबैको पहुँच सुनिश्चित गर्न सहज र सुरक्षित आवागमनलाई प्राथमिकता दिइनेछ।

४. खानेपानी र बिजुलीको स्थायी समाधान

पोखरियामा हरेक टोलमा शुद्ध खानेपानीको ट्यांकी निर्माण, फिल्टर प्लान्टको स्थापना र बत्तीको नियमित आपूर्ति सुनिश्चित गर्न ऊर्जा वैकल्पिक योजनाको कार्यान्वयन गरिनेछ।

५. युवाको रोजगारीका लागि तालिम र कार्यक्रम

स्थानीय युवालाई सीपमूलक तालिम, स्वरोजगार कर्जा र लघुउद्यम प्रवर्द्धन कार्यक्रममार्फत रोजगारी सिर्जना गरिनेछ। नगरभित्र नै रोजगार सिर्जना गर्ने योजना मोहम्मद इस्तखारको प्राथमिकतामा रहेको छ।

६. महिला, असक्त र अपाङ्गजनको संरक्षण

महिला उद्यमशीलता प्रवर्द्धन, एकल महिला सहायता कोष, असक्त र अपाङ्गजनको लागि सेवा केन्द्रहरू स्थापना गरिनेछ। उहाँले मानव अधिकार र सामाजिक समावेशीताको सशक्त पक्षपोषण गरेका छन्।

७. डिजिटल पोखरिया

नगरपालिका सेवा अनलाइन बनाउने, नगरको वेबसाइट तथा मोबाइल एप विकास गर्ने र सूचना प्रवाहलाई डिजिटल माध्यमबाट प्रभावकारी बनाउने।

८. स्वच्छ, हरित र सुरक्षित नगर योजना

पोखरियालाई सफा, हरियालीयुक्त र प्रदूषणमुक्त बनाउने उद्देश्यले फोहर व्यवस्थापन प्रणाली सुधार, हरियाली अभियान र वातावरण संरक्षण कार्यक्रम लागू गरिनेछ।

९. स्थानीय संस्कृति र खेलकुदलाई प्राथमिकता

स्थानीय कला, संस्कृति, जात्रा र परम्परालाई संरक्षण गर्न वार्षिक सांस्कृतिक महोत्सव आयोजना गरिनेछ। साथै युवाका लागि फुटबल, क्रिकेट, भलिबल लगायत खेलकुद प्रतियोगिताको आयोजना गरिने बताइएको छ।

१०. भ्रष्टाचारविहीन, पारदर्शी र जनमुखी प्रशासन

नगरपालिकालाई जनताको घर बनाउने उद्देश्यले सेवा प्रवाहमा पारदर्शिता, अनलाइन गुनासो प्रणाली र नीतिगत सुधार गरिनेछ। भ्रष्टाचार र पहुँचवादको अन्त्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू