बुधबार, फाल्गुन १३, २०८२

धोबीनी गापा मा युवा नेता मोहम्मद मिरोज़ आलम द्वारा वृद्ध र युवा लक्षित ५ बुँदे एजेन्डा सार्वजनिक

धोबीनी गाउँपालिकामा उदीयमान युवा नेता मोहम्मद मिरोज आलमले हालै गाउँको विकास र नागरिकको हितमा आधारित केही महत्वपूर्ण एजेन्डाहरू सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, विजुली, खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै समग्र गाउँको समुन्नत भविष्यको खाका तयार पारेका छन्। यी एजेन्डाहरू निम्न बुँदामा आधारित छन्:

एजेन्डा बुँदाहरू:👇

१. गुणस्तरीय शिक्षा तथा प्राविधिक बिद्या सहित उच्चस्तरिय विद्यालयको स्थापना: गाउँमा रहेका बालबालिकालाई गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर उनले आधुनिक शिक्षण पद्धति सहितको उच्चस्तरीय विद्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै प्राविधिक तालिम पनि समावेश हुने खालको शिक्षालय विकास गर्ने उनको योजना छ।

 

२. सुलभ र सस्तो स्वास्थ्य सेवा: जनसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँमा सजिलै पहुँच हुने र सस्तो दरमा सेवा दिने स्वास्थ्य केन्द्रहरू स्थापना गर्ने उनले बताएका छन्। साथै हरेक वडामा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना पनि रहेको छ।

३. खानेपानी र सधैँको समस्या बनेको बिजुलीको स्थायी समाधान

गाउँमा विगतदेखि नै रहेको खानेपानीको अभाव र अव्यवस्थित विजुली आपूर्तिलाई स्थायी रूपमा समाधान गर्न योजना तयार पारिएको छ। यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरिनेछ।

. युवाको रोजगारीका लागि लघु तथा दीर्घकालीन कार्यक्रम

स्थानीय युवाहरूलाई रोजगारीमूलक तालिम, स्वरोजगार प्रवर्द्धन कार्यक्रम तथा सहकारी संस्था मार्फत आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरिनेछ।

५. स्थानिय स्तरमा खेलकुदको प्रवर्धन र खेलमैदानको स्थापना

गाउँका बालबालिका, किशोर–किशोरी तथा युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद संरचना निर्माण गरिनेछ। साथै हरेक वडामा खेलमैदानको विकास र स्थानीय स्तरका प्रतियोगिता सञ्चालन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू