बुधबार, फाल्गुन १३, २०८२

सतवरियामा युवा टाइसन यादवको नेतृत्वमा चम्कियो गाउँ — दिपावली र छठको स्वागतमा सरसफाई अभियान सम्पन्न

पोखरिया नगरपालिका वडा नं. ५ सतवरियामा शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा गाउँभरि नै वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय बासिन्दा, युवाहरू र समाजसेवीहरूको सक्रिय सहभागितामा गाउँका गल्ली–कुचा, सार्वजनिक स्थल, मन्दिर तथा पोखरीहरू सफा गरी वातावरणलाई स्वच्छ र आकर्षक बनाइएको छ।

कार्यक्रमको अध्यक्षता युवा समाजसेवी नन्दकिशोर यादव उर्फ (टाइसन) जीले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष महेन्द्र महतो चाई, पूर्व मेयर मन्टु रौनियार, युवा समाजसेवी अब्दुल फरमान, नन्दकिशोर चौहान, अब्दुल रहीम मिया, राजु चौहान, राजु रौनियार, कमल मुखिया , प्रधानाध्यापक लालबाबु चौहान,बिहारी राम, वीरेन्द्र राम, प्रभु राम,धनिफ मिया उर्फ (चाउचाउ) लगायतका अतिथि तथा युवा टोलीको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथिहरूले सरसफाईले समाजमा सकारात्मक सन्देश दिन्छ र सबै नागरिकले आफ्नो गाउँ–टोल सफा राख्नुपर्ने जिम्मेवारी महसुस गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

अन्त्यमा अध्यक्ष टाइसन यादवले सबै सहभागी प्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता सामाजिक र जनहितका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू