बुधबार, फाल्गुन १३, २०८२

पोखरिया–५ मा केही दिन देखि अवरुद्ध रहेको बाटो खुल्दा स्थानीयमा खुसियाली : युवा समाजसेवी ‘टाइसन यादव’को पहलले विकासमा नयाँ गति


पोखरिया नगरपालिका वडा नं ५ मा विगत केही वर्षदेखि रहेको नाला सरसफाई र केही दिन देखि अवरुद्ध भएको बाटो पुनः सञ्चालनमा आएको छ। युवा समाज कल्याण समितिका अध्यक्ष तथा समाजसेवी नन्दकिशोर यादव उर्फ बुलडोजर बाबा (टाइसन) ज्यूको सक्रिय पहल, निरन्तर प्रयास र अगुवाइमा सो बाटो पूर्ण रूपमा खुलाउनु भएको हो।

स्थानीयका अनुसार, सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थादेखि लिएर सामान्य दैनिक गतिविधिहरू समेत प्रभावित भइरहेका थिए। वर्षात हुँदा झनै समस्या झेल्नु परेको थियो। तर आजको पहलपछि स्थानीय बासिन्दाले सहज रूपमा आवत-जावत गर्न पाउने भएपछि उनीहरू अत्यन्त उत्साहित देखिएका छन्।

सडक खुलेसँगै किसानहरूले राहतका साथ धान बोक्ने, कुट्ने, गोदामसम्म पुर्‍याउने काम सहज रूपमा गर्न पाएका छन्। स्थानीयले भने

युवा समाजसेवी यादवले विगतदेखि नै विकास, पूर्वाधार विस्तार र सामाजिक कामलाई आफ्नो प्राथमिकतामा राख्दै आएका छन्। सडक खुलाएपछि उनले भने,“यो बाटो स्थानीय जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। सडक अवरुद्ध हुँदा आम मानिसले कष्ट पाउँदै आएको मैले नजिकबाट महसुस गरेको थिएँ। समुदायको सहयोग र युवाहरूको साथमा आज हामीले यो समस्या समाधान गर्न सफल भयौँ।”

वडावासीहरुले भने, “केही दिन देखि अवरुद्ध बाटो खुलेपछि हामीले साँच्चिकै राहत पायौँ। टाइसन जीले गरेको कामको प्रशंसा गर्न शब्द नै कम पर्छ।” अब यस्तो समस्या नदोहोरिने उनीहरूको अपेक्षा छ।

स्थानीय युवाहरूले पनि संयुक्त रूपमा काममा हातेमालो गर्दै सडक खुलाउन र नाला सरसफाई गर्ने महत्वपूर्ण भूमिका खेलेका छन्। यसले समुदायमा ‘समान भावना र सामूहिक प्रयासले धेरै काम सम्भव छ’ भन्ने सन्देश दिएको छ।

अन्ततः बुलडोजर बाबा (टाइसन) ज्यूको नेतृत्वमा सम्पन्न यो कार्यले वडा नम्बर ५ का स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। आगामी दिनहरूमा पनि यस प्रकारका विकास र सेवामुखी काम निरन्तर गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू