शैलेश गुप्ता २४ चैत्र पोखरिया
पर्सा को पोखरिया नगरपालीका वडा नम्बर २ लमरीयामा आज एक कार्यक्रमको विच १६२ मिटर लम्बवाई तथा १५ फिट चौडाई सडक ढलान र १०७ मिटर लम्बाई र २–५ साडे २ फिट चौडाई नाला निर्माणको शिलन्यास आज कार्यक्रमको प्रमुख अतिथी सँघीय मामीला तथा सामान्य प्रसासन मन्त्रि मा० राजकुमार गुप्ताले सिलन्यास गरेका हुन ।
पर्सा क्षेत्र नम्बर ३ क बाट निर्वाचित सान्सद तथा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रि प्रमोद जैसवालको पहलमा भौतिक पुर्वाधार विकास मन्त्रालय मधेश प्रदेश जनकपुरधामको रु २५ लाख बजेटको लागतमा सडक ढलान तथा नाला निर्माण हुन लागेको मन्त्रि जैसवालले बताए ।
कार्यक्रमा बोल्दै मन्त्रि जैसवालले आफुले चुनाव लडेको बेला जन्ता सित प्रतिबधता गरेको प्रतिबधता पुरा भएको बताए । यस क्षेत्रमा रहेको अधुरो निर्णमाराधीन मठ,मन्दिर , सार्वजनिक धर्मसाला लगायतका सार्वजनिक स्थलमा बजेट दिन र सो अधुरो निर्णमाराधीन कामको योजनाको बजेटको सिरसक छुटयाई सम्पन्न गराउन आफुले त्यार रहेको बताए ।
वडा अध्यक्ष केदार महतो चाईको अध्यक्ष्तामा भएको सडक ढलान तथा नाला निर्माणको सिलन्यास कार्यक्रममा प्रमुख अतिथी सँघीय मामीला तथा सामान्य प्रसासन मन्त्रि मा० राजकुमार गुप्ता , पर्सा क्षेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सान्सद मा० खेलकुद तथा समाज कल्याण मन्त्रि प्रमोद जैसवाल, पोखरिया नगरपालीकाको मेयर प्रदुमन प्रसाद चौहान, नगर उप प्रमुख रुवी कुमारी ठाकुरी ,कार्यपालीका सदस्य राधा साह कानु , पुर्व प्रदेश सान्सद प्रहलाद गिरी,जिल्ला समन्वय समित सदस्य सलिल मिया अन्सारी ,
जिल्ला कमिटी सदस्य सिवपुजन साह गोढ, ने क पा एमाले पोखरिया नगर कमीटी अध्यक्ष विन्धयाचल ठाकुर , सचिव सन्तोष गिरी ,नेपाल रेडक्रस सोसाईटी पोखरिया उप साखाको सभापती तथा समाज सेवी भगवान प्रसाद कुर्मी, दिपक ठाकुुर राजु चौहान ,मनोज चौहान , नेपाल पत्रकार महा सँघ पर्साको कोषा अध्यक्ष सँजीव मिश्रा लगायतकाहरुको सहभागीता रहेको थियो ।