काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैंको नवौं दिन अर्थात् महानवमीको अवसरमा शीतल निवासमा नवकन्याहरुको पूजा गर्नुभएको छ।
हिन्दु धर्मशास्त्रअनुसार विजया दशमीका विभिन्न दिनमा क्रमशः शैलपुत्रीदेखि सिद्धिदात्री देवीसम्मको पूजा गर्ने परम्परा रहिआएको छ। त्यसअनुसार, पहिलो दिन एक वर्षकी कन्या, दोस्रो दिन दुई वर्षकी, तेस्रो दिन तीन वर्षकी गर्दै नौौं दिनसम्म नौ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ।
हाल भने सजिलोका लागि महानवमीकै दिन एकैपटक नवकन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा गर्ने चलन बसिरहेको छ। यही परम्पराअनुसार राष्ट्रपति पौडेलले बुधबार शीतल निवासमै नवकन्याहरुलाई पूजाआराधना गर्नुभएको हो।
यससँगै महानवमीको अवसरमा देशभरका मठमन्दिर र घरघरमा देवी पूजा, बलिदान र प्रसाद वितरणजस्ता धार्मिक गतिविधिहरू धुमधामसँग सम्पन्न भइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0





