बुधबार, फाल्गुन १३, २०८२

निचुटामा आम जनता पार्टीको वडा समिति गठन, इस्तखारद्वारा सक्रियता बढाउन आग्रह

पर्सा-३ बाट आम जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार मोहम्मद इस्तखार ले पटेर्वा सुगौली गाउँपालिका–५ निचुटामा वडा समिति गठन गर्नुभएको छ। चुनाव लक्षित संगठन विस्तार अभियान अन्तर्गत आयोजित कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा समिति घोषणा गरिएको हो।

गठित समितिको अध्यक्षमा शिवबालक पसवान, उपाध्यक्षमा जनक पसवान, कोषाध्यक्षमा लालसा देवी, सचिवमा जितन राम तथा सहसचिवमा मनक पसवान चयन भएका छन्। नवगठित समितिलाई उम्मेदवार इस्तखारले शुभकामना दिँदै आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न घरदैलो, जनसम्पर्क र मतदाता भेटघाट कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिनुभएको थियो।

उहाँले निचुटा क्षेत्र विकासको सम्भावना बोकेको स्थान भएकाले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र युवालाई रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, स्थानीय जनताको समस्या बुझेर समाधान गर्ने अभियानलाई तीव्र बनाइने बताउनुभयो।

कार्यक्रममा बोल्दै स्थानीय नेताहरूले आम जनता पार्टीप्रति जनताको आकर्षण बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा उल्लेखनीय मतान्तरसहित जित हासिल हुने विश्वास व्यक्त गरेका छन्।

वडा समिति गठनसँगै निचुटा क्षेत्रमा पार्टीको संगठन थप मजबुत हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू