बुधबार, फाल्गुन १३, २०८२

पर्सा क्षेत्र नं.–३ मा चुनावी सरगर्मी, इस्ताखारको सक्रियता बढ्दो

पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्यका युवा उम्मेदवार मोहम्मद इस्ताखारले पर्साको पटेर्वा सुगौली गाउँपालिकाको मानिअर्वामा व्यापक चुनावी घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। घरदैलोका क्रममा उहाँले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिनुभयो।

उम्मेदवार इस्ताखारले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताउँदै क्षेत्र नम्बर–३ को समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। “युवाको जोश र अनुभवीहरूको सुझावलाई साथमा लिएर पर्सालाई समृद्ध र विकसित क्षेत्र बनाउने मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो।

घरदैलोका क्रममा स्थानीयवासीहरूले सडक, सिँचाइ, स्वास्थ्य चौकीको स्तरोन्नति तथा युवालाई रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग राखेका थिए। इस्ताखारले जनताको हरेक समस्या संसदसम्म पुर्‍याउने र समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।

आसन्न फागुन–२१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा आफ्ना चुनाव चिन्ह “मोबाइल” छापमा मतदान गरी विजयी गराउन उहाँले मतदातासँग आग्रह गर्नुभएको छ। घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू