शनिबार, फाल्गुन १६, २०८२
Edit Template

सुर्जाहामा इस्तखारको मतदाता भेटघाट, मोबाइल छापमा मतदानको आग्रह

मोहम्मद इस्तखार ले पर्सा क्षेत्र नम्बर-३ अन्तर्गत पकहाँमैनपुर गाउँपालिका-सुर्जाहा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। आम जनता पार्टी का जेन–जी उम्मेदवार इस्तखारले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना तथा प्रतिबद्धताबारे जानकारी दिनुभएको हो।

घरदैलोका क्रममा उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो चुनाव चिन्ह मोबाइल छापमा मतदान गर्न आग्रह गर्नुभयो। युवाको सशक्त प्रतिनिधित्व, शिक्षा–स्वास्थ्य सुधार, कृषि तथा पूर्वाधार विकास र पारदर्शी सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “अबको राजनीति युवाको हातमा हुनुपर्छ। पर्सा–३ को समग्र विकासका लागि नयाँ सोच र ऊर्जा आवश्यक छ।” स्थानीयवासीहरूले पनि विकास, रोजगारी र आधारभूत सेवाका विषयमा आफ्ना सुझाव तथा गुनासा राखेका थिए।

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार इस्तखारले घरदैलो अभियानलाई तीव्रता दिँदै जनतासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
4
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू