बुधबार, फाल्गुन १३, २०८२

सन्दीप लामिछानेको गुनासो : “कान्तिपुर टिभी, अब यस्तो नहोस्”

Sandip Lamichhane

काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले कान्तिपुर टिभी एचडीलाई कडा प्रतिक्रिया दिएका छन्। उनले अनावश्यक रूपमा आफूलाई विवादमा तानेको आरोप लगाउँदै “अब यस्तो नहोस्” भन्ने चेतावनी दिएका हुन्।

लामिछानेले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “कहिले सुध्रिन्छौ यार, Kantipur TV HD? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन?”

उनले ‘Naasa Securities’ लोगोबारे उठाइएको प्रश्नलाई अस्वीकार गर्दै अष्ट्रेलियाली सिरिजमा समेत त्यही लोगो देखिएको उदाहरण दिएका छन्। साथै, क्रिकेट संघ (CAN) सम्बन्धी विषयलाई व्यक्तिगत भन्दै त्यसलाई लिएर समाचार नबनाउन आग्रह गरेका छन्।

“तपाईंहरूलाई अझै पनि नेपालको अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु,” लामिछानेले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू