सोमबार, असार २, २०८२

पोखरिया वडा नं ४ मा हुन गइरहेको इस्लामिक जलसाबारे प्रमुख पदाधिकारी र स्थानीयबीच छलफल सम्पन्न

पोखरिया नगरपालिका वडा नं ४ मा आयोजना हुन गइरहेको भव्य जलसा कार्यक्रमको तयारीलाई लिएर एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। यस महत्वपूर्ण बैठकमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश आर्याल, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु, समाजसेवी खैरुलाह आलम, वकील मिया, युवा नेता अब्दुल फरमान लगायत अन्य स्थानीय अगुवा तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।

बैठकमा जलसा कार्यक्रमलाई सफल बनाउनका लागि आवश्यक पूर्वतयारी, सुरक्षाको व्यवस्था, यातायात तथा सरसफाइको व्यवस्थापन लगायतका विविध पक्षहरूमा गहन छलफल गरिएको थियो। नगर प्रमुख चौहानले पोखरिया नगरपालिकाले धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई सधैं प्रोत्साहन गर्दै आएको उल्लेख गर्दै जलसा कार्यक्रम पनि धार्मिक सद्भाव, सामाजिक एकता र जनचेतनाको प्रतीक भएको बताए।

त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश आर्यालले कार्यक्रम शान्तिपूर्ण, मर्यादित र व्यवस्थित ढंगले सम्पन्न होस् भन्ने उद्देश्यका साथ प्रशासन पूर्ण रूपमा सहयोग गर्न तत्पर रहेको जनाए। त्यस्तै, एसपी गौतम मिश्रले सुरक्षा व्यवस्थाका लागि आवश्यक जनशक्ति परिचालन गरिने र कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी सतर्क रहने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of हबिबुलाह समानी

हबिबुलाह समानी

हाबिबुलाह समानी पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू