आईतवार, भाद्र ७, २०८३
Edit Template

गरिमा चौधरी हत्यामा दोषीलाई कडा कारबाही गर्न वडा अध्यक्षका उम्मेदवार शैलेश साह कानुको माग

पोखरिया । बारा, सिमराकी ३ वर्षीया अबोध बालिका गरिमा चौधरीको हत्या भएको घटनाप्रति पोखरिया नगरपालिका–४ का वडा अध्यक्ष पदका प्रत्यासी शैलेश साह कानुले गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम कडा भन्दा कडा कारबाही गर्न सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

साह कानुले नेपाल सरकार, गृह प्रशासन, प्रहरी प्रशासन तथा सम्बन्धित सुरक्षा निकायलाई घटनाको निष्पक्ष र गहिरो छानबिन गर्न आग्रह गर्दै बालिका हराएपछि भएको प्रारम्भिक खोजी, प्रहरी प्रतिक्रिया तथा उद्धार प्रक्रियाको समेत आवश्यक समीक्षा गर्न माग गरेका हुन्।

उनले भनेका छन्, “एक निर्दोष बालिकाको ज्यान गएको यस दुःखद घटनामा अपराधी पक्राउ पर्नु मात्रै पर्याप्त छैन। बालिका हराएको प्रारम्भिक समयमा नै खोजी तथा उद्धार कार्य अझ प्रभावकारी र तीव्र हुन सकेको भए गरिमाको जीवन बच्न सक्थ्यो कि भन्ने गम्भीर प्रश्न उठेको छ।”

साह कानुले सरकार, प्रहरी प्रशासन तथा सुरक्षा निकायले सीमा सुरक्षा लगायतका विषयमा देखाउने सक्रियताजस्तै बालबालिका, महिला तथा आम नागरिकको सुरक्षामा पनि समयमै प्रभावकारी सक्रियता देखाउनुपर्ने बताएका छन्।

घटना भइसकेपछि दोषीलाई पक्राउ गर्नु आवश्यक भए पनि घटना हुन नदिनु तथा घटना भएको प्रारम्भिक क्षणमै उद्धार र सुरक्षा कार्यलाई तीव्र बनाउनु अझ महत्वपूर्ण रहेको उनको भनाइ छ।

“गरिमा अब हामीमाझ छैनन्। अपराधी पक्राउ परे पनि शोकमा डुबेको परिवारले आफ्नो छोरी फिर्ता पाउन सक्दैन। त्यसैले अबको सुरक्षा प्रणाली यस्तो प्रभावकारी बनोस् कि भोलि अर्को गरिमा गुमाउन नपरोस्,” साह कानुले भने।

उनले कुनै पनि आमाबुबाले आफ्नो सन्तान हराउँदा ‘समयमै उद्धार होला कि नहोला?’ भनेर डराउनुपर्ने अवस्था अन्त्य गर्न सरकार र सुरक्षा निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

साह कानुले गरिमा चौधरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्। साथै, गरिमालाई न्याय, दोषीलाई कडा कारबाही र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

— शैलेश साह कानु

वडा अध्यक्ष पदका प्रत्यासी

पोखरिया नगरपालिका–४, पर्सा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू