आईतवार, भाद्र ७, २०८३
Edit Template

शैलेश साह कानु र रामजी प्रसाद कलवारबीच विद्युत सेवा सुधारबारे विशेष छलफल

पोखरिया । पोखरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पदका उम्मेदवार प्रत्यासी शैलेश साह कानु र नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख रामजी प्रसाद कलवार बीच वडा नं. ४ मा विद्युत सेवा नियमित, भरपर्दो तथा झन्झटरहित बनाउने विषयमा विशेष छलफल भएको छ।

छलफलमा पोखरिया बजार, पोखरिया गाउँ र सतवरिया गाउँमा नियमित विद्युत आपूर्ति, विद्युत लाइनमा देखिएका समस्या समाधान, भोल्टेजको समस्या, विद्युत मिटर जडान तथा सेवाग्राहीले भोग्दै आएका विभिन्न समस्याका विषयमा विस्तृत रूपमा छलफल गरिएको हो।

प्रत्यासी शैलेश साह कानुले वडा नं. ४ का नागरिकले विद्युत सेवाका लागि अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्दै नियमित र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन आवश्यक पहल गर्न विद्युत प्राधिकरणका प्रमुख कलवारको ध्यानाकर्षण गराएका थिए।

त्यस क्रममा विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख रामजी प्रसाद कलवारले समेत स्थानीयस्तरमा देखिएका विद्युतसम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

विशेषगरी नयाँ विद्युत मिटर जडान, पुराना तथा कमजोर लाइनको सुधार, विद्युत आपूर्ति नियमित गर्ने तथा बजार र ग्रामीण क्षेत्रमा बढ्दो विद्युत मागअनुसार पूर्वाधारलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो।

छलफलपछि वडा अध्यक्ष पदका उम्मेदवार प्रत्यासी शैलेश साह कानुले छलफल अत्यन्त सकारात्मक र परिणाममुखी रहेको बताए। उनले वडा नं. ४ का नागरिकको दैनिक जीवन, व्यवसाय तथा आर्थिक गतिविधिसँग प्रत्यक्ष जोडिएको विद्युत सेवामा सुधार ल्याउन सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरिने बताए।

“आजको छलफल सकारात्मक र उत्साहजनक रह्यो। पोखरिया बजार, पोखरिया गाउँ र सतवरियाका नागरिकले नियमित र भरपर्दो विद्युत सेवा पाउनुपर्छ। विद्युत मिटरदेखि लाइन सुधारसम्मका समस्या समाधानका लागि निरन्तर पहल गर्नेछु,” कानुले भने।

स्थानीयवासीले विद्युत आपूर्तिमा सुधार, नियमित सेवा तथा मिटरसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरेका छन्। छलफलमा उठाइएका विषयलाई कार्यान्वयनमा लैजान आगामी दिनमा समेत सम्बन्धित निकायसँग समन्वय गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू