बुधबार, फाल्गुन १३, २०८२

पोखरियामा अंतराष्ट्रीय  योग दिवस २०२५ भव्यताको साथ  सम्पन्न ।

 

शैलेश गुप्ता १३ जेष्ठ पोखरिया

 

पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार उच्च मा० वि० पोखरियाको प्राँगणमा एक कार्यक्रमका विच अन्तराष्ट्रिय योग दिवस २०२५ योग अभ्यास गरी मनाईएको छ ।

 

भारतका महा वाणिज्य दुतावास विरगन्ज र पोखरिया नगरपालीकाको सहकार्यमा अन्तराष्ट्रिय योग दिवस २०२५ मनाईएको हो । योग अभ्यासमा पोखरिया नगपालीकाको जनप्रतिनिधि , युवा ,महिला , छात्र छात्रा, शिक्षक कर्मचारी ,सँचारकर्मी लगाएतकाहरुले भाग लिएका हुन ।

 

कार्यक्रममा भारतका महा वाणिज्य दुतावास विरगन्ज महा वाणिज्य दुत श्री देवीसहाय मिणा जी ,वाणिज्यदुत श्री अजय जैन , वाणिज्यदुत श्री मनिष कुमार दास, पोखरिया नगरपालीका को मेयर प्रदुमन प्रसाद चौहान, वडा अध्यक्ष प्रमोद गिरी ,लक्ष्मण साह कानु ,प्रमानन्द प्रसाद पटेल ,नौसाद आलम, राधा साह कानु ,पुर्व मेयर दिपनारायण प्रसाद रौनियार , पोखरिया नगरपालीका को प्रमुख प्रसासकिय अधिकृत राम विनय कुमार सिह , दिनेश प्रसाद चौहान, ओमप्रकास रौनियार, भगवान प्रसाद कुर्मी, श्रीकिसुन प्रसाद चौहान लगायतका ब्यक्तीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा धिरेनद्र कुमार सिहले योगा अभ्यास गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू