सोमबार, असार २, २०८२

पर्सा–३ मा निर्वाचनको सरगर्मी : स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई प्राथमिकता दिँदै रुपेश पाण्डेय चुनावी दौडमा

प्रतिनिधि सभाको आगामी निर्वाचन नजिकिँदै गर्दा पर्सा–३ क्षेत्रमा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यही माहोलमा युवा व्यवसायी रुपेश कुमार पाण्डेयको सम्भावित उम्मेदवारीले व्यापक ध्यान तानिरहेको छ।

स्थानीयस्तरमा लामो समयदेखि सक्रिय पाण्डेय स्पष्ट भिजन, व्यवहारिक योजना र जनमुखी अभियानका आधारमा जनताबीच लोकप्रिय बन्दै गएका छन्। “मिसन ८४” अभियानसहित देशभर जनसम्पर्कमा जुटिरहेका बेला उनी पर्सा–३ का गाउँ, टोल, गल्ली र बजारमा प्रत्यक्ष जनसंवादमा केन्द्रित छन्।

जनताबीचको बढ्दो लोकप्रियतासँगै, नागरिकस्तरबाटै उनलाई २०८४ को निर्वाचनमा सांसद बनाउने आवाज चर्किँदै गएको छ।

जनताको अपेक्षा बुझ्दै, स्पष्ट एजेन्डासहित मैदानमा

पाण्डेयको चुनावी प्राथमिकतामा स्थानीय पूर्वाधारको विकास, शिक्षा र स्वास्थ्यमा सहज पहुँच, कृषिमा प्रविधिकरण, धार्मिक पर्यटनको प्रवर्द्धन र युवा रोजगारी सिर्जना जस्ता मुद्दाहरू छन्।

पोखरिया, पकाहा, महुवन, चीपुरलगायतका बजारहरूलाई आधुनिक र व्यवस्थित बनाउने योजना उनले अघि सारेका छन्। धार्मिक गन्तव्य भाडा भगवान स्थलको संरक्षण र प्रवर्द्धनका लागि राष्ट्रिय निकुञ्जसँग समन्वय गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

उनको भनाइ छ, “अबको पोखरिया पुरानै स्वरूपमा होइन, व्यवस्थित र आधुनिक हुनु जरुरी छ।”

उनले थप स्पष्ट पारे, “अबको आवश्यकता नारावादी राजनीति होइन, योजनावद्ध र परिणाममुखी नेतृत्व हो।”

राजनीतिमा नयाँ सोच र कार्य–केन्द्रित नेतृत्वको संकेत

रुपेश पाण्डेय परम्परागत भाषणमुखी राजनीति भन्दा फरक ढंगको नेतृत्व प्रस्तुत गर्दैछन्। विगतमा जनताबाट भोट लिएपछि आफन्त र पार्टी नजिकका व्यक्तिलाई मात्रै प्राथमिकता दिने प्रवृत्तिबाट नागरिक आजित भएको उल्लेख गर्दै उनी भन्छन्— “प्रतिनिधित्व अब पार्टीको अनुहारबाट होइन, काम गर्ने क्षमताबाट मूल्यांकन हुनुपर्छ।”

उनले पर्सा–३ भित्र पर्ने ७ स्थानीय तह र ३५ वडालाई आर्थिक, सामाजिक र पूर्वाधारका दृष्टिकोणबाट समुन्नत बनाउन दीर्घकालीन योजना तयार गरिसकेका छन्।

समाजसेवाबाट राजनीतिमा प्रवेश

पर्सा जिल्लाको मानिकपुर, वार्ड नं. २ निवासी पाण्डेयले विगत केही वर्षदेखि समाजसेवामा सक्रियता देखाउँदै आएका छन्। स्थानीय समस्याहरू बुझ्ने र समाधान खोज्ने उनको निरन्तर प्रयासले जनविश्वास बढ्दै गएको छ।

उनका समर्थकहरू भन्छन्— “यो अबको पुस्ताको नेतृत्व हो, जसले देखाउने होइन, गरि देखाउने समय ल्याएको छ।”

विकासका लागि उत्तरदायी नेतृत्व आवश्यक

पर्साबाट अहिलेसम्म ४ जना प्रत्यक्ष प्रतिनिधि सभा सदस्य, ८ जना प्रदेश सभा सदस्य र ५ जना मन्त्री बनिसके पनि अपेक्षित विकास नहुनु दुःखद भएको पाण्डेयको ठम्याइ छ।

उनका शब्दमा— “राजनीतिक प्रतिनिधित्व उच्च भए पनि विकासमा गति नआउनु विडम्बना हो। अब नेतृत्व समाज–केन्द्रित र उत्तरदायी हुनुपर्छ।”

पाण्डेयको सक्रियता र योजनाले पर्सा–३ मा केवल राजनीतिक प्रतिस्पर्धा होइन, स्थानीय विकासको गहिरो बहसको शुरुआत गरिदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
1
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू