पोखरिया। मधेश प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र स्वास्थ्य निर्देशनालयको संयोजनमा, पोखरिया नगरपालिकाको सक्रिय सहकार्यमा पोखरिया हस्पिटलमा एकदिने आयुर्वेद स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य सेवा पहुँच बिस्तार गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले आयुर्वेद चिकित्सकहरूसँग परामर्श गरी विभिन्न रोगहरूको निदान तथा निशुल्क औषधि सेवा प्राप्त गरे। साथै, स्वस्थ जीवनशैली, योग अभ्यास, र प्राकृतिक उपचार पद्धतिबारे समेत जनचेतनामूलक जानकारी दिइयो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा नगरपालिकाका उपमेयर रुबी ठाकुर यस्तैगरी कार्यक्रम अध्यक्षमा श्री रामबाबु साह, विशिष्ठ अतिथि पोखरिया नगरपालिका प्रशासकीय अधिकृत श्री रामविनय सिंह, श्री लक्षमण साह कानु, तथा डा. मिथिलेश कुमार साह,डा. जितेन्द्र मण्डल डा.मानिस सिंह, डा.मुनना कुमार,ले विशिष्ट अतिथिको रूपमा सहभागिता जनाएका थिए।
साथै, श्री अजाद आलम, श्री गौतम सिंह ,श्री गोविन्द कुमार, श्री रमेश राम पटेल, श्री सोनु कुमार ठाकुर, श्री अर्जुन दास ठाकुर, श्री ऋषि कुमार यादव, श्री बमकुमार पटेल, सुश्री शुभेक्षा कुमारी, श्री सुरेन्द्र प्रसाद साह, श्री रामबाबु पाण्डेय, र श्रीमती मिरा देवी लगायत अन्य स्थानीय बासिन्दाहरूले समेत उत्साहजनक सहभागिता रहेको थियो त्यस्तै उक्त कार्यक्रमको स्थानीय समन्यकर्तको रूपमा रानीगंज आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक धीरेन्द्र कुमार सिंहले (Follow-up) सेवाका लागि बिरामीहरूलाई रानीगंज आयुर्वेद औषधालय र बैरिया बिर्ता स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न सुझाव दिएका छन।





