बुधबार, फाल्गुन १३, २०८२

सलम्बन लघुवित बैंकद्वारा बीमा रकम हस्तान्तरण

शैलेश गुप्ता ०९ श्रावण पोखरिया

स्वावलम्बन विकास बैंक लघुवित वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अन्तरक्रिया तथा बीमा रकम हस्तान्तरण कार्यक्रम पोखरियामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख रुबी ठाकुरले लघुवितबाट गाउँका महिलाहरूको गरिबी निवारण भएको बताइन्।

उनले साहुबाट ऋण लिँदा चर्को ब्याज तिर्नुपर्ने साथै ऋणको तेबरको कपाली तमसु गर्नुपर्ने समयमा ऋण पनि नपाउने ऋण पाए पनि एकमुष्ट सावा ब्याज तिर्दा समस्या भइरहेको बताइन्। तर लघुविदबाट सहज रुपमा चाहिएको बेला ऋण लिन सकिने र किस्ता किस्ता गरी पैसा तिर्न पनि सजिलो भएको बताइन्। उनले बैंकबाट लिएको ऋण बाट व्यवसाय गर्दा किस्ता तिर्न सजिलो हुने बताइन्। गाउँघरमा महिलाहरुले ऋण लिएर घर बनाउने, विवाह गर्ने, घर खर्चमा खर्च गर्ने, भएकोले किस्ता तिर्न अप्ठ्यारो भएको बताइन्। बैंकबाट लिएको ऋण माफ हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरिन्।

स्वालम्बन विकास बैंक का इलाका प्रबन्धक शिवकुमार ठाकुरले लघुवितको स्थापना र यसबाट समुदायमा भएका फाइदा बारे जानकारी गराएका थिए। शारदादेवी रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा वाडा अध्यक्ष लक्ष्मण शाह कानु, पत्रकार शैलेश गुप्ता, लगायतले मन्तव्य व्यक्त गरेका थिए।भने कार्यक्रम सञ्चालन शाखा प्रबन्धक मुकेशकुमार यादवले गरेका थिए। कार्यक्रममा ५४ नम्बर सेन्टरका सदस्य मराछो देवीको मृत्यु भएको मा उहाँको बीमा बापतको रकम ४ लाख चेक निजका छोरा धर्मेन्द्र चौरसियालाई हस्तान्तरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू