बुधबार, फाल्गुन १३, २०८२

कम्पनी रजिष्ट्रारको कार्यालयमा सविता भट्टराईको लापरबाही, दलालमार्फत चाँडो काम गर्ने चलन बढ्दो

Savita Bhattarai's negligence at the company registrar's office

पोखरिया, २०८२-०४-२१ – कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवा प्रवाहमा लापरबाही र दलालको संलग्नता सम्बन्धी गम्भीर गुनासो सार्वजनिक भएको छ। सेवाग्राहीका अनुसार, दर्ता पश्चातका कामको निवेदन नं. सविता भट्टराईको जिम्मामा १३ गतेदेखि रहे पनि अहिलेसम्म कुनै काम भएको छैन।

तर, यही निवेदनका विषयमा कम्पनीका मालिकले कार्यालय वरिपरि भेटिएका एक बिचौलियासँग कुरा गर्दा, उनले “एकछिनमै गराइदिन्छु” भनेका र साँच्चिकै केही समयमै काम सम्पन्न भएको घटनाले कार्यालयमा गम्भीर अनियमितता रहेको पुष्टि गरेको छ।

यसैगरी, दर्ता पश्चातको अर्को निवेदन ८ गतेदेखि सविता भट्टराई (सहायक रजिष्ट्रार) को जिम्मामा भए पनि आजसम्म, १४ दिन बितिसक्दा पनि उनले कुनै काम अघि नबढाएको सेवाग्राहीले बताएका छन्।

कम्पनी रजिष्ट्रारको system मा ज्ञानराज कोइरालाले “पालोपालोमा काम हुन्छ” भन्ने जवाफ दिने गरे पनि, वास्तविकतामा जसले पैसा बुझाउँछ, उसको काम पहिले हुने व्यवहार देखिएको छ। यो कार्यशैलीमा सविता भट्टराईको प्रत्यक्ष संलग्नता देखिएको आरोप छ।

गुनासो लिएर गुनासो सुन्ने अधिकारी ज्ञानराज कोइरालासँग सम्पर्क गर्दा भने उनले “मलाई केही थाहा छैन” भन्ने जवाफ दिए। तर, विद्यमान नियमअनुसार कुनै पनि कर्मचारीको लापरबाही वा अनियमितता भएमा त्यसको छानबिन गरी कारवाही गर्न गुनासो सुन्ने अधिकारी स्वयं जिम्मेवार हुन्छन्। यस्तो अवस्थामा गुनासो सुन्ने अधिकारीले जिम्मेवारी पन्छाउन खोज्नु थप आपत्तिजनक ठहरिएको छ।

सेवाग्राहीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा देखिएको यस्तो लापरबाही, ढिलासुस्ती र दलाल संस्कृतिको अन्त्य गर्न सरकार र सम्बन्धित निकायसँग कडा कारवाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू