बुधबार, फाल्गुन १३, २०८२

शुद्धीकरण बिना सदस्यता नवीकरण स्वीकार्य छैन : प्रेस चौतारी पर्सा

शैलेश गुप्ता १५ भाद्र पोखरिया 

पर्सा

नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता नवीकरण प्रक्रियामा शुद्धीकरण नगरेको भन्दै प्रेस चौतारी नेपाल पर्सा शाखाले कडा आपत्ति जनाएको छ। शनिवार वीरगञ्ज स्थित त्रिजुध माध्यमिक विद्यालयमा सम्पन्न बैठकले महासंघको लापरवाहीप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल शुद्धीकरणसहितको नवीकरण प्रक्रिया अपनाउन माग गरेको हो।

प्रेस चौतारी पर्सा शाखाका अध्यक्ष निर्जन मिश्रको अध्यक्षतामा बसेको उक्त दोस्रो बैठकले नेपाल पत्रकार महासंघलाई औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ। बैठकले महासंघले सदस्यताको नाममा कुनै किसिमको मिलेमतो, अनियमितता वा अपारदर्शिता स्वीकार्य नहुने स्पष्ट पारेको छ।

बैठकमा सहभागी सदस्यहरूले महासंघले शुद्धीकरणबिना सदस्यता नवीकरण गर्न खोजे त्यसविरुद्ध चरणबद्ध दबाबमूलक कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

बैठकमा प्रेस चौतारी नेपाल मधेश प्रदेश इन्चार्ज अच्युत पौडेल, केन्द्रिय सदस्य तथा पर्सा इन्चार्ज तुलसी भण्डारी, मधेश प्रदेश अध्यक्ष लालबाबु शेख लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू