बुधबार, फाल्गुन १३, २०८२

एमाले मन्त्रीले ठोकेर भागेका ११ वर्षिय बालकको उपचार खर्च एमाले पार्टीले बेहोर्ने घोषणा

२१ भदौ, पोखरीया । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले ठक्कर दिएकी ११ वर्षीया बालिका उपचारपछि घर फर्किएकी छन्।

शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा मन्त्री राना सवार गाडीले बालिकालाई ठक्कर दिएको थियो। साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएर ठक्कर दिई रोकिएर सहयोग नगरी हिँडेपछि घटनाले आलोचना चुलिएको हो।

समाचार सार्वजनिक भएपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो।

ललितपुरका प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बालिकाको ग्वार्कोस्थित बीएनबी अस्पतालमा उपचार गरिएको र ठुलो चोट नलागेकाले अवस्था सामान्य रहेको छ। अहिले उनी अस्पतालबाट डिस्चार्ज भई घर फर्किएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
3
0
0
1
5
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू