काठमाडौं, भदौ २४ – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा मंगलवार घाइते भएका छन्।
बूढानिलकण्ठस्थित देउवा निवासमा उग्र बनेका प्रदर्शनकारीले आगजनी तथा आक्रमण गर्ने क्रममा देउवा दम्पती घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको हो। घटनापछि सुरक्षा निकायले नियन्त्रणको प्रयास गरिरहेको छ भने अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0





