रामेछाप, असोज ९ – रामेछापको भटौली आसपासलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो २ बजेर १४ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको धक्का स्थानीय क्षेत्रमा महसुस गरिएको भए पनि ठुलो क्षतिको जानकारी प्राप्त भएको छैन।
यसअघि असोज १ गते पूर्वी रुकुम र बाग्लुङको सिमाना पातिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0





