बुधबार, फाल्गुन १३, २०८२

पूर्व राजनीतिक नेता र कर्मचारीको सुविधा कटौती: सवारी र सुरक्षाकर्मी फिर्ता गराउन निर्देशन

पोखरीया, असोज १० – नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने उद्देश्यसहित सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिइँदै आएको अतिरिक्त सुविधा कटौती गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले असोज ५ गते गरेको निर्णयअनुसार अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै पूर्व पदाधिकारीहरूले पाएको सवारी साधन, सुरक्षाकर्मी र अन्य अनधिकृत सुविधा फिर्ता गर्न निर्देशन दिएको छ। अबदेखि उनीहरूले कानुनअनुसार स्वीकृत मापदण्डभित्रका सुविधा मात्र पाउनेछन्।

सरकारले यो कदम राज्यको स्रोत साधनको दुरुपयोग रोक्न, खर्चलाई पारदर्शी बनाउने र मितव्ययिता कायम गर्ने उद्देश्यले उठाएको जनाएको छ। गृह तथा रक्षा मन्त्रालयले आफ्नो क्षेत्राधिकारमा पर्ने पूर्व पदाधिकारीहरूबाट अतिरिक्त सुविधा फिर्ता गर्ने प्रक्रिया अघि बढाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू