मंगलवार, भाद्र ३०, २०८३
Edit Template

राष्ट्रपतिले एमाले नेताहरूसँग आग्रह: ‘चुनाव अब निर्विकल्प’

Ramachandra Paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एमाले नेताहरूसँगको भेटमा लोकतन्त्रलाई सबल बनाउन चुनाव अब निर्विकल्प भएको बताएका छन्। कठिन राजनीतिक परिस्थितिलाई सम्हालेर निर्वाचनतर्फ ढोका खोलिएको भन्दै उनले यो अवसरलाई दलहरूले जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्नेमा जोड दिए।

जेन–जी आन्दोलनपछि मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको सन्दर्भमा बिहीबार शीतल निवासमा एमालेका शीर्ष नेताहरूसँग करिब दुई घण्टा लामो भेटवार्तामा राष्ट्रपतिले दलहरूको सक्रियता र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

भेटमा सहभागी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आन्दोलनपछिको परिस्थिति, अन्तरिम सरकारको भूमिका र आगामी कदमबारे धारणा राख्दै संवैधानिक सीमा भित्रै राष्ट्रपतिले सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिए। उनीहरूले अन्तरिम सरकारले निर्वाचन मिति घोषणा गरे पनि संवाद, समन्वय र विश्वास निर्माणमा ध्यान नदिएको गुनासोसमेत गरेका थिए।

राष्ट्रपतिले राजनीतिक दलहरूको कमजोरीले हालको अवस्था सिर्जना भएको भन्दै लोकतान्त्रिक मूल्यलाई कमजोर बनाउन नहुने चेतावनी दिए। उनले घोषित मितिमा चुनाव सफल पार्न दलहरूको सहमति र सक्रियता अपरिहार्य भएको उल्लेख गर्दै एमालेको सहयोग आवश्यक हुने बताए।

एमाले नेताहरूले संविधान र लोकतन्त्र जोगाउन राष्ट्रपतिको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू