मंगलवार, भाद्र ३०, २०८३
Edit Template

नेपाली सेनाको दाबी : सेनाप्रमुखको कडा दबाबपछि मात्र प्रधानमन्त्री ओली राजीनामा दिएको

भदौ २३ को आन्दोलनमा १९ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनाप्रमुख अशोकराज सिग्देलले राजीनामा दिन चारपटक आग्रह गरेको खुलासा भएको छ।

सेना निकट स्रोतका अनुसार सोही साँझ सेनाप्रमुख सिग्देल बालुवाटार पुगेका थिए। उनले परिस्थिति नियन्त्रणमा ल्याउन प्रधानमन्त्रीलाई राजीनामाको सुझाव दिए तर ओलीले अस्वीकार गर्दै “सेनाले मलाई सिकाउने?” भन्दै आक्रामक प्रतिक्रिया दिएका थिए।

तर, स्थिति थप बिग्रिँदै गयो। देउवामाथि आक्रमण र बालुवाटार वरिपरि भीड बढेपछि सुरक्षाको मागलाई गम्भीर मानेर सेनाप्रमुख सिग्देल हेलिकप्टरमार्फत पुनः बालुवाटार पुगे। त्यही क्रममा उनले कडा शैलीमा चेतावनी दिँदै भनेका थिए, “राजीनामा नगरेसम्म हामी तपाईंको सुरक्षा गर्न सक्दैनौं।”

एक सैनिक अधिकारीका अनुसार सेनाप्रमुखको सो कडा दबाबपछि मात्र प्रधानमन्त्री ओली राजीनामा दिन तयार भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
👤 लेखकको बारेमा
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
Picture of पोखरिया खबर

पोखरिया खबर

पोखरिया खबर नेपाली भाषामा प्रकाशित हुने अनलाइन न्युज पोर्टल हो। यसले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार तथा घटनाहरूको स्वक्ष निष्पक्ष रुपमा प्रकाशित गर्दछ।
🔗 सम्बन्धित पोस्टहरू