बुधबार, फाल्गुन १३, २०८२

पूर्व मन्त्री प्रदीप यादवद्वारा वीरगञ्जमा परम्परागत विधिअनुसार फूलपाती भित्र्याइयो

शैलेश गुप्ता १३ असोज पोखरिया

वीरगञ्ज । प्रत्येक वर्षझैँ यस वर्ष पनि वीरगञ्जस्थित भगवती श्री राधेमाई मन्दिरको पवित्र प्राङ्गणमा बडादसैँको दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका अवसरमा परम्परागत अनुष्ठान स्वरूप फूलपाती भित्र्याइएको छ।
पूर्व मन्त्री प्रदीप यादवले शास्त्रीय विधिपूर्वक शुभ साइतमा फूलपाती भित्र्याएका हुन्। यस अवसरमा हजारौँ श्रद्धालुहरूको उपस्थितिमा मन्दिर परिसरमा धार्मिक विधि सम्पन्न गरिएको थियो।
फूलपाती भित्र्याउने क्रममा भक्तजनहरूले पूजा–अर्चना गरी देवी भगवती श्री राधेमाईको आशीर्वाद प्राप्त गरेका थिए।

पूर्व मन्त्री यादवले फूलपातीको अवसरमा सम्पूर्ण देशवासीको सुख, समृद्धि र चिताएको कार्य सफल होस् भन्ने कामना व्यक्त गर्दै शुभकामना दिएका छन्।
यसरी परम्परागत विधिअनुसार फूलपाती भित्र्याइँदा वीरगञ्जको धार्मिक तथा सांस्कृतिक वातावरण उत्साहपूर्ण बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
💬 टिप्पणी
👤 लेखकको बारेमा
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
Picture of शैलेश साह

शैलेश साह

शैलेश शाह पोखरीया खबरका सम्पादकीय सदस्य हुन्। उनले सामाजिक, राजनीतिक र समसामयिक विषयमा तथ्यपरक तथा सन्तुलित समाचार प्रदान गर्ने लक्ष्य राख्छन्।
🔗 सम्बन्धित पोस्टहरू